१५ चैत्र २०८०, बिहीबार
Follow Us

ज्ञानेन्द्र सुटुक्कै भारततिर, दशैंपछि हिन्दू पार्टीको आन्दोलन

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार ०४:२६

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र बैंककबाट सुटुक्कै भारत पुगेका छन् । समाचार स्रोतका अनुसार नातिनीको क्याम्पसको कामको लागि बैंकक गएका ज्ञानेन्द्र भारत पुगेका हुन् । ज्ञानेन्द्रले आफ्नो पक्षमा जनमत जुटाउने अभियान थालेका छन् । चीनसँग राम्रो सम्बन्ध बनाइसकेका उनी भारतको पनि साथ लिएर बलियो बन्ने दाउमा छन् ।
माघ ७ गतेसम्ममा आफ्ना धारणा सार्वजनिक नगर्ने सोचेका उनी भित्री खेलमा रहेको बताइएको छ । ‘अहिले नै बोलिहाल्नुपर्छ भन्ने छैन, समय आएपछि देखिन्छ’ उनी निकट एकजनाले भने– ‘दलको झगडा अब झन् बढ्दै जान्छ त्यसपछि त राजाकै शासन सुरु हुन्छ ।’ ज्ञानेन्द्रले पछिल्लो समयमा जोसुकैलाई विश्वास गर्न पनि छोडेका छन् । राजसंस्थाको नाममा राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र झगडा भए पनि कुनै राजनीतिक लाभ नभएकोमा उनलाई चिन्ता छ ।

दशैंपछि हिन्दु पार्टीको आन्दोलन
हिन्दु प्रजातान्त्रिक पार्टी नेपालले विजया दशमी पर्व सकिना साथ सशक्त आन्दोलन गर्ने भएको छ । २०४७ सालको संविधानलाई पुनस्र्थापना गर्न पार्टी स्थापना भएदेखि नै २०६४ सालबाट आन्दोलनमा लागेको हिन्दु प्रजातान्त्रिक पार्टीले आफ्ना सबै भातृ संगठनलाई आन्दोलनमा उत्रन निर्देशन दिएको छ । पार्टीले नक्कली राष्ट्रवादी र भ्रष्टाचारीहरुका मतियारहरु आन्दोलन भाँड्न विभिन्न खोल ओडेर आउन तयारी भइरहेकोमा त्यस्ता भ्रष्टहरुलाई नङ्ग्याउने पनि तयारी गरेको छ । प्रदेश र केन्द्रीय संसदको निर्वाचनका लागि पार्टी दर्ता गर्ने बारे विहीबार पार्टी केन्द्रीय कार्यालय अनामनगरमा भएको छलफलमा २ नं. प्रदेशको असोज २ गते हुने निर्वाचनमा राष्ट्रवादी उम्मेदवारहरुलाई मतदान गर्ने समेत निर्णय गरेको छ ।