१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टाइफाइड भएपछि स्वास्थ्यमन्त्री पोखरेल वीर अस्पतालमा भर्ना

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार १४:५१

काठमाडौं । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल टाइफाइड भएपछि उपचारका लागि आज वीर अस्पताल भर्ना हुुनुभएको छ । वीर अस्पतालका निर्देशक प्राडा भूपेन्द्र बस्नेतले मन्त्री पोखरेललाई टाइफाइड भएको र निमोनियाको पनि लक्षण देखिएको जानकारी दिनुभयो । उहाँलाई घाँटी दुख्ने, रुघाखोकी र छातीमा समेत समस्या देखिएको छ । उहाँले भन्नुभयो, “आत्तिहाल्नुपर्ने अवस्था नरहे पनि पूर्णरुपमा आरामको जरुरी छ, करिब तीन दिन अस्पतालमा नै उपचार गराउनुपर्छ, उपचार शुरु गरी औषधि सुरु भइसकेको छ ।”
वीर अस्पतालका वरिष्ठ फिजिसियन डा सुरेन्द्र श्रेष्ठ मन्त्री पोखरेलको उपचारमा संलग्न हुुनुहुन्छ । वर्षापछि आएको बाढीपछि राहत र उद्धारका लागि तराई पुग्नुभएका मन्त्री पोखरेल एक सातादेखि नै अस्वस्थ भएकाले चिकित्सकको निगरानीमा हुुनुहुन्थ्यो ।
उहाँका प्रेस संयोजक सरोज ढुंगेलले चिकित्सकको निगरानी रही औषधि सेवन गरेपछि समस्या बढ्दै गएपछि आज दिउँसो अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।