१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल उपविजेतामा सीमित

नेपालब्रिटेन डट कम्
११ भाद्र २०७४, आईतवार १४:५५

काठमाडौं । भारतले नेपाललाई पराजित गर्दै साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपको उपाधि जितेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको फाइनल खेलमा भारतले नेपाललाई दुई–एक गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यसअघि समूह चरणमा पनि नेपाललाई भारतले समान दुई–एक गोल अन्तरले नै पराजित गरेको थियो ।

खेलमा पहिलो अग्रता नेपालले लिएको थियो । मध्यान्तरसम्म नेपाल एक–शून्यले अगाडि रहेको थियो । खेलको ४१औँ मिनेटमा नेपालका लागि ब्रिजेश चौधरीले पेनाल्टीमार्फत गोल गरेका थिए । भारतीय डिफेण्डरले नेपालका रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले नेपाललाई पेनाल्टी दिएको थियो ।

मध्यान्तरपछि भारतले दुई गोल गरयो । खेलको ५९औँ मिनेटमा लालरोकिमाले गोल गर्दै खेललाई एक–एकको बराबरीमा पु¥याए । खेलको ७५औँ मिनेटमा भारतीय कप्तान विक्रमप्रताप सिंहले थप एक गोल गर्दै आफ्नो टिमलाई विजयी गराए । नेपालले मध्यान्तरपछिको खेललाई जोगाउन नसम्दा हार बेहोर्न बाध्य बन्यो । हारसँगै नेपाल च्याम्पियनसिपको उपविजेतामा सीमित बन्यो । सेमिफाइनल खेलमा नेपालले बंगलादेशलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो भने भारतले भुटानलाई पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।