८ बैशाख २०८१, शनिबार
Follow Us

जुनसुकै दलसँग तालमेल गर्न सकिन्छः अध्यक्ष दाहाल

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार ०८:२३

बिराटनगर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ नम्बर प्रदेशमा हुने स्थानीय तहको चुनावमा जुनसुकै पार्टीसँग पनि तालमेल गरेर अघि बढ्न सकिने प्रष्ट गरेका छन् । यद्यपि, पहिलो प्राथमिकता भने मधेसी दललाई नै दिइने उनले बताए । विराटनगरमा पत्रकारहरुसँग अध्यक्ष दाहालले २ नम्बरको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकाएपछि मुलुक राजनीतिक स्थायित्वको बाटोमा लाग्ने पनि बताए ।
प्रधानमन्त्री शेरवहादुर देउवाले भारत भम्रणका क्रममा संविधान संशोधन गर्ने विषयमा दिएको अभिव्यक्ति सान्दर्भिक नरहेको उल्लेख गरेका छन् । दाहालले प्रधानमन्त्री देउवासँग आफ्नो भेट नभएको र भारत भ्रमणमा भएको सहमतिबारे विस्तृतमा कुरा हुनै बाँकी रहेको उनले बताए ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले कोशी ब्यारेजको उच्च बाँध निर्माणका बारेमा गरेको सहमतिप्रति पनि पुनर्विचार गर्नुपर्ने दाहालले बताए । उनले विराटनगरमा राखिएको भारतीय क्याम्प हटाउनुपर्नेमा आफ्नो पार्टी प्रष्ट रहेको उल्लेख गरे । उनले पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यहरुलाई प्रशिक्षण दिन विराटनगर पुग्नुभएका उनी वुधवार काठमाडौं फर्किनेछन् ।