१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए इटालीको अध्यक्षमा रेग्मी

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार ११:५३

रोम । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इटालीको अध्यक्षमा दिपेश कुमार रेग्मी बिजयी भएका छन् ।

निर्वतमान कार्यसमितिका उपाध्यक्ष समेत रहेका रेग्मीले २८७ मत प्राप्त गर्दै बिजयी बनेका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी राजन चापागाईले भने २ सय १२ मत प्राप्त गरे । चापागाई संघका पूर्व महासचिव हुन् ।

यस्तै अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा क्षेत्र कुमार श्रेष्ठ बिजयी बने । अर्का प्रत्यासी हेमराज जोशीलाई १५ मतले पछि पार्दै श्रेष्ठ बिजयी भएका हुन् । निवर्तमान कार्यसमितिका अध्यक्ष समेत रहेका श्रेष्ठले २६० मत प्राप्त गरे भने जोशीले २४५ मत ल्याए ।

महासचिवमा छबिलाल कंडेलले २५५ मत ल्याएर बिजयी भए । महासचिवका अर्का प्रत्यासी इन्ऽप्रसाद सुबेदी भने कंडेल भन्दा १३ मतले मात्र पछि परे । नेतृत्व चयनका लागि राजधानी रोम,भेनिस,मिलानो,पिसा र पार्मा निर्वाचन केन्ऽहरुमा भएको मतदानमा ५२६ मत खसेको थियो ।

संघको पाँचौ अधिबेशनबाट नयाँ कार्यसमिति चयनका लागि मुख्य पदहरुमा सहमति हुन नसक्दा चुनाव भएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा देवराज गुरुङ र मनोज कुमार कार्की निर्बिरोध निर्वाचित भएका छन् ।

यस्तै सचिवमा झिम नारायण चापागाई,कोषाध्यक्षमा अशोक उप्रेती,युवा प्रतिनिधिमा फाजिल अहमेद र महिला प्रतिनिधिमा रामकला पन्त निर्बिरोध चयन भएका छन्। यस्तै कार्यसमितिको सदस्यहरुमा प्रकाश महर्जन,सुजन कुमार बुढाथोकी,सबिन कुमार श्रेष्ठ र सुदीप अधिकारी निर्बिरोध निर्वाचित भएका छन् ।

संघको आइतबार रोममा सम्पन्न पाँचौ अधिबेशनमा प्रमुख अतिथिको रुपमा पूर्व युरोप क्षेत्रीय उपसंयोजक तथा एनआरएन बेल्जियमका संस्थापक अध्यक्ष रबिन्द्रमान श्रेष्ठ र केन्द्रीय पर्यबेक्षकको रुपमा स्विट्जरल्याण्डबाट आईसीसी सदस्य डा. बिनय श्रेष्ठ सहभागी थिए ।

यस्तै बिशेष अतिथिको रुपमा इटालीका लागि नेपाली अबैतानिक बाणिज्य दूत पाउलो नुगारी लगायत इटालीस्थित संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।