१६ चैत्र २०८०, शुक्रबार
Follow Us

“भव्य रुपमा सम्पन्न भयो लण्डनको नेपाली मेला”

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार १२:४९

चिरन शर्मा । लन्डन—‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका तमुधिं यूकेले आयोजा गरेको नेपाली मेला २०१७ भव्य रुपमा सम्पन्न भयो। आइतवार लण्डनस्थित केम्पटन पार्क रेस कोर्समा १० औं हजार नेपाली तथा विदेशी पाहुनाको सहभागितामा सम्पन्न मेलामा विभिन्न संघसंस्थाको प्रतिनिधिले नेपाली कला संस्कृति झल्किने झाँकी निकालेका थिए।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीको प्रमुख आथित्यमा सम्पन्न मेलाको सफलताको लागि बेलायतको प्रमुख प्रतिपक्ष दल लेवर पार्टीका नेता जेरमी कोरविनले भिडियो शुभकामना पठाएका थिए।

गैरआवासी नेपाली संघका अध्यक्ष शेष घले विशिष्ट अतिथिका रुपमा मेलाको बेलायतस्थित नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मेलाको उद्घाटन गरेका थिए। मेला हेर्न बेलायतस्थित १६ देशका कूटनीतिक नियोग प्रमुख तथा उपप्रमुख, बेलायतका विभिन्न शहर र यूरोपका बिभिन्न देशबाट हजारौंको संख्यामा नेपाली सहभागी हुँदा स्टेडियम नेपालीले भरिभराउ भयो।

राजदूत डा. सुवेदीले नेपाल एक बहुभाषी, बहुजाति, बहुसंस्कृति अखण्ड र स्वतन्त्र मुलुक भएको चर्चा गर्दै हिमाल, पहाड, तराई, स्वेदश विदेश जहाँ भए पनि हामी नेपाली सयौ थुङ्गा फुलको एउटैमा मालामा भएको बताए।

उनले नेपाली संस्कृतिले नेपालीको एकतालाई सुन्दर मालाको रुपमा उनिएको बताए। उनले विविधतामा एकता नेपालीहरुको बिषेशता उनले भने नेपालमा जस्तै बेलायतमा विविधता रहेको बताउदै विविधा बीचको एकतालाई जोगाउनु पर्ने उनको धारणा थियो। तमुधि यूके नेपाली दूतावासको सहकार्यमा आयोजना हुने नेपाली मेलाले विदेशमा बहुसंस्कृतिको नमुनाको रुपमा रहेको उनले बताए।

पछिल्ला दुई कार्यकालको अभिभारा लिने नेतृत्व खोज्नुहोस् — घले

कार्यक्रमलाई सम्वोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले नेपालमा भूकम्प गएको र बाढी पहिरोको बेला विदेशमा बस्ने नेपालीले खेलेको भूमिकाको प्रशंसा गरे। उनले मातृभूमिलाई दुःख पर्दा साथ दिने र सम्मृद्धिको यात्रामा सहकार्य गर्नु नै नेपालीको लागि नेपाली भन्ने नाराको सही कार्यान्वयन भएको बताए।

सप्तरीको बाढी पीडितका लागि राहत वितरणमा खटेका घले शनिवार बेलायत आइपुगेका हुन्। उनले बाढी पीडित र भुकम्पको बेला तराई पहाड हिमालमा काम गरेको अनुभव सुनाउँदै भने, ‘हामीकहाँ सिस्टम छैन्। विपतको लागि पूर्वतयारी छैन।’

उनले गैरआवासीय नेपाली संघजस्तो संस्थालाई समेत सहजीकरण गर्ने संयन्त्र नभएकोमा उनले गुनासो गरे।गैरआवासीय नेपाली संघ जस्तो संस्थालाई बलियो बनाए मात्र दुःख परेको बेला मातृभूमिलाई सहयोग गर्न सकिने उनको भनाइ थियो।

उनले संस्थागत संरचनालाई बलियो बनाउन आफुले भिजन २०२० एण्ड बियोण्ड भन्ने नयाँ भिजन र कार्ययोजना गैरआवासीय नेपाली संघका ल्याएको दावी गरे। उनले गैरआवासीय नेपाली संघको क्षमता र संरचना नबन्नु अहिलेको तीतो यथार्थ भएको बताउँदै सत्यलाई स्वीकार गर्दै भिजन २०२० एण्ड बियोण्डको प्रस्ताव कार्यान्वयन भए सबै गैरआवासीय नेपालीको सपना साकार हुने दावी गरे।

अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको अक्टोवरमा हुने विश्व सम्मेलनमा कस्तो नेतृत्व चयन गर्ने बिषयमा समेत मुख खोले। घलेले गैरआवासीय नेपाली संघको इतिहासको रक्षा गर्दै भविष्यको बलियो संस्था बनाउने जिम्मेवारी पूरा गर्दै आफ्नो पछिल्ला दुई कार्यकालमा अगाडि बढाएका सोच र परियोजनाको अभिभारा कुशलातापूर्वक पूरा गर्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिए।

मेलामा ४० वटा व्यवसायिक स्टल राखिएका थिए। मेलाको अवसर पारेर गोर्खा सैनिक सेवामा रहेर सगरमाथाको सफल आरोहण गर्ने ५ जना र एभरेस्ट म्याराथुन धावकलाई सम्मान गरिएको थियो।

बाढीपीडितको सहयोगका लागि मेलामा संकलित १० लाख रुपैयाँ गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरिएको थियो। तमुधीं यूकेका अध्यक्ष ज्ञाम गुरुङको सभापतित्वमा सम्पन्न मेलाको संयोजक हितकाजी गुरुङले गरेका थिए।

मेलामा सहभागी बिभिन्न झाँकीहरुको मध्यको उत्कृष्ट झाँकीको लमजुङ समाज यूकेले प्रर्दशन गर्दै एम्वेस्डर कप २०१७ को उपाधि जितेको थियो।
फोटो- नरेन्द्र बस्नेत
21148358_10155652872119282_1390354263_n

21148392_10155652872094282_108759935_n

21151071_10155652871654282_950261260_n

21175094_10155652871694282_1105008081_n

21175161_10155652871659282_2069861725_n

21175516_10155652871619282_726761740_n

21175516_10155652872679282_1422807630_n

21175671_10155652872494282_405759122_n

21175824_10155652871309282_1277026249_n

21175975_10155652871559282_711398894_n

21176014_10155652872629282_281339586_n

21208328_10155652871539282_1273569456_n

21208338_10155652872454282_868261808_n

21208626_10155652871524282_1100164052_n