१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रवासी नेपाली मञ्च फ्रान्सको अध्यक्षमा वाग्ले

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार १४:१०

लण्डन । फ्रान्सस्थित नेकपा एमाले निकटसंस्था प्रवासी नेपाली मञ्चको अध्यक्षमा भक्त वहादुर वाग्ले चयन भएका छन् । प्रवासी नेपाली मञ्च फ्रान्सको आइतवार सम्पन्न पहिलो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको हो ।

कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्षमा अरुण गुरुङ, अनिल गुरुङ, महासचिवमा मिलन तामाङ, सचिवमा हेमेन्द्र क्षेत्री, कोषाध्यक्षमा लाल बहादुर सोडारी चुनिएका छन् ।

यस्तै १५ सदस्यि कार्यसमितिको सदस्यहरुमा घनश्याम पौडेल, दिनेश सुवेदी, अनिल गुरुङ, राम लामिछने र भुवन अधिकारी, चयन भएका छन् ।

परिसमा आयोजित सो अधिवेशनको उद्धघान नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गरेका थिए ।

अधिवेशनलाई नेकपा एमाले केन्द्रिय सदस्य रामकुमारी झाँक्री, प्रवासी नेपाली मञ्च वेलायतका अध्यक्ष राजेन्द्र पुडासौनी, गैरआवासीय नेपाली संघ फ्रान्सका अध्यक्ष एक बहादुर मल्ल लगायतले शुभकामन मन्तब्य दिएका थिए ।

अधिवेशनमा प्रवासी नेपाली मञ्च वेलायतका पूर्वअध्यक्ष रामशरण सिमखडा लगायत युरोपस्थित बिभिन्न देशका प्रवासी नेपाली मञ्चका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिती थियो ।