७ बैशाख २०८१, शुक्रबार
Follow Us

भारतीय धर्मगुरु रहिमलाई १० बर्ष जेल सजाँय

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार १४:३६

रोहतक । भारतीय एक अदालतले सोमबार डेरा सच्चा सौदा समूहका आध्यात्मिक नेता गुरमित राम रहीम सिंहलाई १० बर्ष जेल सजाँय तोकेको छ ।
पचास–बर्षीय राम रहिममाथि आफ्नै भक्तमाथि बलात्कार गरेको आरोपमा उक्त सजाँय तोकिएको हो ।
आध्यात्मिक नेता गुरमित राम रहिम सिंहलाई १० बर्ष जेल सजाँय तोकेको छ, प्रतिवादी वकील उत्सव सिंह बाएन्सले एएफपीलाई बताउनुभयो ।
गत शुक्रबार अदालतले धर्मगुरु राम रहिमलाई बलात्कार मुद्दामा दोषी ठहर गरेपनि उहाँलाई के सजायँ हुने भन्ने बिषयमा फैसला आएको थिएन ।
हरियाणाको उक्त अदालतले राम रहिमबाट पीडित बनेका महिलाहरूको आरोपको पक्षमा वकालत गरेका कानून व्यवसायी वाएन्सले अभियुक्तमाथि थप सजाँय हुनुपर्ने बताउनुभयो । उहाँले भारतीय सङ्घीय अदालतलाई धार्मिक नेता रहिममाथि लागेका दर्जनौँ अन्य मुद्दामाथि पनि अनुसन्धान शुरुगर्न अनुरोध गरेको बताउनुभयो ।
हामीले छिट्टै दुई बटा मुद्दा सुनुवाईका लागि अपील गर्नेछौँ, वाएन्सले बताउनुभयो ।
हाम्रो जानकारीमा आध्यात्मिक नेता रहिमका कारण ४८ महिला यौनहिंसाबाट पीडित बनेका र केहीलाई हत्यासमेत गरिएको हुनसक्ने छ । केही रहिम विरुद्ध बोल्न डराएर प्रशासनमा नपुगेका व्यवसायीले जनाउनुभयो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलामाथि गरेको हिंसाको निन्दा गर्नुभएको छ तर हरियाणा राज्यकोसमेत सत्तामा रहेको उहाँकै दल भारतीय जनता पार्टीले घटनाबारे केही नबोलेको भनी आलोचना गरिएकोे छ ।
गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उहाँका समर्थकद्वारा गरेको प्रदर्शनमा भएका झडपमा तीन दिनयता कम्तीमा ३८ जनाको ज्यान गएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी दर्जनौँको सङ्ख्यामा उहाँका समर्थकहरू घाइते भएका छन् । शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थान र दिल्लीमासमेत व्यापक प्रदर्शन भएपनि प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।