१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चुनौतिका बीच बाढीपिडितलाई राहत वितरण सफल: घले (भिडियो)

नेपालब्रिटेन डट कम्
१२ भाद्र २०७४, सोमबार १६:२९

लण्डन । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले चुनौतिका बीच तराईमा बाढीपिडितको लागि राहत वितरण गर्न सफल भएको वताएका छन् ।

घलेले गैरआवासीय नेपाली संघ यूकेद्धारा सोमवार अल्डरशटमा आयोजित कार्यक्रममा बोल्दै गैरआवासीय नेपाली संघले बाढीपिडित क्षेत्र तराईका जिल्लाका विभिन्न जिल्लामा राहत वितरणको सिलसिलामा भोगेको मर्मस्पर्शी अनुभव सुनाए ।

उनले नेपालमा नियम कानूनको सहि व्यवस्थापन नहुदाँ कुनैकुनै ठाउँमा राहत वितरणका क्रममा ढुंगामुडा समेत भएको अनुभव सुनाए । उनले सुरक्षा चुनौतिका बीच बाढीपिडितको लागि करिब २ करोड रुपैयाँ बराबरको राहत वितरण गरेको सुनाए ।

घलेको नेतृत्वमा सप्तरीमा खटिएको संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन र कोमध्यपुरा गाउँका झण्डै ४ हजार पाँचसय बाढीप्रभावित परिवारलाई राहत बितरण गरेको थियो।

घले दम्पति तमुधीं यूकेले आइतवार लण्डनमा आयोजनामा सम्पन्न नेपाली मेलामा सहभागी हुन वेलायत आएका हुन् ।