१६ चैत्र २०८०, शुक्रबार
Follow Us

कोरियामा रहेका श्रीमानलाई भिडियो च्याट्मा सबै देखाइ दिनुपर्ने

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार ०५:३९

सनम पौडेल, मनोविद्

हाम्रो समाज कुन दिशातिर अघि बढिरहेको छ, मानिसको मनोदशा कसरी विकसित हुँदै गइरहेको छ भन्ने कुरा जान्न मनोपरामर्शदातासँग साक्षात्कार गर्नैपर्ने हुन्छ । यिनै विषयलाई सार्वजनिक गर्न यसपटक कुमार राउतले मनोविद् सनम पौडेलसँग साक्षात्कार गरेका थिए । विशेष गरी यौन र मनोविज्ञानलाई ठीक ढंगले डो-याउने नैतिक शिक्षा हामीले बिर्सियौं भने समाजमा कस्ता घटना हुँदा रहेछन् भन्ने जानकारी सनमले दिएकी छन् । उनीसँग गरिएको कुराकानी :

० मनोविद् भन्नाले के बुझ्ने ?
– सामान्य अर्थमा अर्काको मनको कुरा जान्नेलाई मनोविद् भनिन्छ । तर यो मानसिक समस्या भएको व्यक्तिको पहिचान गर्ने वैज्ञानिक पद्धति हो । मानिसमा चिन्ताजन्य समस्या, डिपे्रसन, इन्जाइटी, आत्तिने, डराउनेलगायतका विविध समस्या हुन सक्छन् । उनीहरूको समस्या वैज्ञानिक पद्धतिबाट मनोविद्ले पत्ता लगाउन सक्छ ।

० मानिसमा किन यस्ता समस्या आउँछन् ?
– यसका विविध कारण हुनसक्छन्, बाइलोजिकल, सामाजिक र पारिवारिक समस्याले यस्ता समस्या उत्पन्न हुनसक्छ ।

० यसको उपचार पनि मनोविद्ले नै गर्ने हो ?
– चिकित्सक, थेरापी र मनोपरामर्शबाट उपचार हुन्छ । चिकित्सकले औषधि प्रयोग गर्छन् भने थेरापीले नशा र शरीरको अंगहरू ठीक ठाउँमा ल्याउँछ । मनोपरामर्शबाट पनि उपचार गरिन्छ ।

० कस्ता व्यक्तिलाई मनोपरामर्श दिनुहुन्छ ?
– क्याप नेपालमा आबद्ध छु, यो संस्थाले मनोरञ्जन क्षेत्रमा हिंसामा परेका महिला तथा किशोरीको उद्धार गर्छ । बालबालिका छन् भने उनीहरूलाई सेल्टरमा राखिन्छ । उनीहरूलाई समाजमा पुनस्र्थापना गर्न स्वास्थ्य सेवा, अध्ययन गर्न चाहनेलाई शिक्षा र मनोपरामर्श दिइन्छ । रेस्टुरेन्ट र डान्सवारका श्रमिकलाई हामी घुम्ती मनोपरामर्शको कार्यक्रम पनि सञ्चालन गर्छौं ।

० उनीहरूमा कस्तो समस्या देखिन्छ ?
– उनीहरूको कामको प्रकृति पनि त्यस्तै हुन्छ, ग्राहक र मालिकबाट उनीहरू शोषित हुन्छन्, उनीहरू आफ्नो कामको प्रकृति लुकाउँछन्, समस्या भन्न डराउँछन् । श्रम गरेर खान योग्यलाई मनोवैज्ञानिक बल दिन्छौं ।

० उनीहरूको मनोदशा कस्तो पाउनुभयो ?
– धेरैजसो डिपे्रसनमा परेका हुन्छन्, कोही कुलत र केही दुव्र्यसनी छन् । कोही थाहा नपाई हुन्छन् भने कतिपय आफूलाई यौन रोग लागेको समेत थाहा नपाउने हुन्छन् ।

० उनीहरूलाई के गर्न सकिन्छ ?
– हाम्रो अभियान उनीहरूलाई समाजमा पुनस्र्थापना गराउनु हो । औषधि उपचार, थेरापी अथवा काउन्सिलिङ गरिन्छ ।

० किन उनीहरू त्यस किसिमको जीवनशैली अपनाउँछन् ?
– यसका लागि सामाजिक सञ्जालले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बलात्कार र अपराधका घटनालाई सामाजिक सञ्जालले प्रभावित पारेको हुन्छ । महँगो मोबाइल प्राप्त गर्न, इन्टरनेटको सजिलै पहुँचजस्ता आफ्ना आवश्यकता पूरा गर्न वयस्क नभई पाको उमेरको व्यक्तिसँग डेटिङ जाने गरेको पाइन्छ । यौन असन्तुष्टिले विवाहपछि परपुरुष वा महिलासँग सम्बन्ध राख्छन् ।

० मनोरोग धेरैजसो यौनसँग जोडिएको हुँदो रहेछ ?
– घटनाहरू अध्ययन गर्दा त्यस्तो देखिन्छ । यद्यपि सबै मनोरोग यौनसँग जोडिएको हुन्छ भन्न मिल्दैन । यद्यपि यौन असन्तुष्टि, विवाहपछि पनि परपुरुष वा परस्त्रीसँग सम्बन्ध बढाउने, बलात्कार, यौनजन्य घटना मनोरोगसँग जोडिएको भेटिन्छ ।

० जस्तो ?
– हाम्रा समाजमा यस्ता घटना धेरै छन्, जुन सार्वजनिक भएका हुँदैनन् । केही दृष्टान्त हेरौं, जस्तो एकजनाले यौन सम्पर्कका बेला श्रीमतीको अनुहारमा ऐश्वर्य रायको तस्बिर राख्ने गरेको बताए । श्रीमती नराम्ररी भई भनेर उसले श्रीमतीको अनुहारमा ऐश्वर्य रायको तस्बिर राखेको बताए । त्यस्तै, अर्को एक महिलाको श्रीमान् कोरियामा रहेछन् । कोरियामा रहेका श्रीमान्ले दैनिक दुई तीनपटक भिडियो कल गरेर भिडियोमा सबै कोठा देखाइदिनुपर्छ भन्थिन् । एक दाजुले बहिनीसँग यौन सम्पर्क गर्दा रहेछन् । बुवा–आमाले यौन सम्पर्क गरेको देखेर उसले पनि कस्तो हुँदो रहेछ भनेर बहिनीलाई प्रयोग गरेको रहेछ । यौन मनोविकारले निम्त्याउने घटना समाजमा प्रशस्त हुन्छन् ।

० मासहिस्ट्रिया चाहिँ के हो ?
– कमजोर मनस्थितिबाट उत्पन्न हुने घटना हो यो । यसमा यौन जोडिएको हुन पनि सक्छ, नहुन पनि सक्छ । विवाह गरिदिएपछि यस्ता रोग ठीक हुन्छ भन्ने मान्यता छ, तर त्यो गलत हो । तत्कालीन अवस्थासँग जुध्न नसकेपछि एउटालाई केही भयो भने अरुलाई पनि त्यस्तै हुन्छ । ढल्नु, मुर्छा पर्ने मात्र होइन, परीक्षा दिन जाँदा आँखा नदेख्नु, हात नचल्नु जस्ता घटना पनि हुन्छन् ।

० यौनजन्य घटनामा महिला कि पुरुष दोषी ?
– मेरो अध्ययनले पुरुष बढी दोषी देख्छ, यद्यपि महिला पनि दोषी होलान् । तर हाम्रो समाजमा भएका घटनालाई विश्लेषण गर्ने हो भने पुरुष दोषी छन् । पुरुषहरू यौनइच्छा पूरा गर्न डान्सवार, दोहोरी अथवा कुनै स्थानमा जाने गर्छन् । महिलालाई बाध्य बनाइन्छ, टर्चर दिइन्छ ।

० यो अवस्थामा हाम्रो नयाँ पीडित कता जाँदैछ ?
– व्यस्त जीवन एक्लोपनमा हराउँदैछ । युवा पिँढी मात्र होइन, एउटा घरमा चारजनाको परिवार छ भने उनीहरू संवाद गर्दैनन्, मोबाइलमा चारतिर फर्केर व्यस्त रहन्छन् ।

० कता जाँदैछ हाम्रो समाज ?
– यदि यो विकराल अवस्थालाई नियन्त्रण गर्न सकिएन भने हाम्रो समाज भताभुंग हुनसक्छ । हाम्रो रीतिरिवाज, परिवार र समाजलाई नैतिकताको बाटोमा डो-याउने हो भने सबैभन्दा पहिला व्यक्ति सचेत हुनुपर्छ । हामीकहाँ नैतिक शिक्षाको अभाव देखियो, सामाजिक सञ्जाल र विकृति मनोविकार हाबी भएको पाइयो ।

० कसरी नियन्त्रण लिन सकिन्छ ?
– यसका लागि सामूहिक प्रयास आवश्यक पर्छ, सबैभन्दा पहिला आफू सचेत रहने । जीवनशैलीमा परिवर्तन गर्ने, सकरात्मक सोच र नैतिक शिक्षामा जोड दिनुपर्छ ।

० मनोविद् बन्न के कुराले पे्ररित ग¥यो ?
– दिदी पत्रकारिता र मनोविज्ञानको विद्यार्थी हुनुहुन्थ्यो । मनोविज्ञान पढ्यो भने मान्छेको अनुहार हेरेर सबै कुरा थाहा पाइन्छ भन्ने मनोविज्ञानले काम ग¥यो ।

० अनुहार हेरेर मान्छेको सबै कुरा थाहा पाइँदो रहेछ ?
– होइन रहेछ, सबै कुरा थाहा पाउन उसको व्यवहारको अध्ययन गर्नुपर्ने रहेछ ।

० थातथलो कहाँ हो नि ?
– विराटनगरमा जन्मियौं, बुवा न्यायाधीश हुनुहुन्थ्यो, उहाँ सरुवा भएर ललितपुर आउनुभयो, त्यहीँ हुर्कियौं । हामी तीन दिदीबहिनी, म कान्छी, एउटा भाइ छ । एउटी दिदी कानुन व्यवसायी, अर्को पत्रकारिता क्षेत्रमा हुनुहुन्छ । उच्च शिक्षा आरआर र त्रिचन्द्रबाट गरेकी हुँ ।

० विवाह नि ?
– श्रीमान्को घर गोरखा हो, उहाँ कलेज पढाउनु हुन्छ । त्रिचन्द्रमा उहाँ म्याट्रोलोजीको विद्यार्थी हुनुहुन्थ्यो, म मनोविज्ञानको ।

० पे्रम विवाह हो ?
– ठ्याक्कै पे्रम विवाह त होइन, तर विवाहअघि चिनजान र हाई हेल्लो थियो ।

० चिनजान भएका बेला उहाँको मनोविज्ञान अध्ययन गर्नुभएन ?
– मलाई मन पराउनु हुँदोरहेछ, तर मैले त्यसतर्फ खासै ध्यान दिएकी थिइनँ । पछि एक्कासि विवाहको कुरो आयो ।

० बालबच्चा ?
– दुई छोरा छन्, एउटा भर्खर २२ महिनाको भयो, ठूलो १० वर्ष लाग्यो ।