१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन स्विजरल्याण्डको अध्यक्षमा सिमा गौतमको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार ०८:४३

लण्डन । गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको अध्यक्षमा सिमा गौतमले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् । १७ वर्ष देखी स्विजरल्याण्डमा बसोबास गर्दै आएकी गौतम लामो समय देखी सामाजिक कार्यमा संलग्न छन् । संघको ३ सेप्टेम्वरमा हुने निर्वाचनका लागि उनले ७ बुँदे प्रतिवद्धता सहितको कार्ययोजना समेत अगाडी सारेकी छन् । उनले संघलाई साँझ संस्थाको रुपमा स्थापित गर्ने, युवा पुस्तामा नेतृत्व हस्तान्त्रण गर्ने, स्विजरल्याण्ड र नेपालका बीच भावानात्मक सम्बन्ध बढाउने, नेपालमा लगानी भित्राउने लगायतको महत्वकांक्षी योजना अघि सारेकी छन् ।

सिमा गौतमद्धारा जारी प्रतिवद्धतापत्र जस्ताको जस्तै

गैरआवासीय नेपाली संघ स्विजरल्याण्डको अध्यक्षमा मेरो उम्मेदवारी सहित मेरो अनुरोध

सम्पूर्ण स्विसवासी नेपाली दिदीबहिनि र दाजुभाईहरुमा हार्दिक नमस्कार ,

म सिमा गौतम विगत १७ वर्ष देखि यहा बसोवासं गर्दै आईरहेकी छु र यस क्रममा यहाको नेपाली समाज भित्र कुनै न कुनै रुपमा तपाइँहरु सग हातेमालो गर्दै अगाडी बढिरहेको यहाहरु सबैलाई थाहा नै छ । र स्विजरल्याण्डको नेपाली समाजमा तपाइहरु सगै हातेमालो गर्ने क्रममा अराउ समाजले गरेका हरेक क्रियाकालापमा हातेमालो र जिम्मेवारी बहन गर्दै २०११ – १३ मा कार्य समितिको सदस्य, २०१३ (१५ मा कोषाध्यक्ष २०१५-१७ मा उपाध्यक्ष हुदै गैर आवासीय नेपाली संघ स्विजरल्याण्डमा आबद्ध रहेर आजसम्म निरन्तर गतिबिधिहरुमा सहभागी र जिम्मेवारी लिदै अगाडी बढिरहेकी छु ।

र यस अवधिमा विभिन्न पदमा जिम्मेवारी बहन गर्ने सुवर्ण अवसर दिनु भएको म आफुलाई गौरवान्वित महसुस गरेकी छु। यसै त् विदेशको व्यस्त जीवनशैली त्यहि माथि पनि म महिला जसले काम गरेर बाच्न्नु पर्ने यहाको परिस्थिति,समाज, घर परिवार सबैलाई जोड्दै यिनै अनुभव र तपाईहरुको स्नेह,माया र साथले समग्र स्विजरल्याण्डको नेपाली समाजको नेतृत्वगर्ने आटका साथ् गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्विजरल्याण्डको आगामी कार्यकाल २०१७ – १९ का लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारीका साथ् तपाइहरुको सामु आएकी छु ।

स्विजरल्याण्डमा सशक्त र पहुच स्थानमा धेरै नेपाली महिलाहरु पनि कार्यरत हुनुहुन्छ । बिभिन्न माध्यमबाट वहाँहरुले यहाको नेपाली समाजका साथै नेपाल र नेपालीका लागि उल्लेख्य काम गर्दै आउनु भएको छ । यति हुदा हुदै पनि हामि महिलाहरु सक्षम भएर पनि सामाजिक संघ संस्थाको नेतृत्व तहमा हाम्रो उपस्थिति निकै कमजोर अवस्थामा रहेको म लगायत हामी सबैले महसुस गरेको कुरा हो ।

एनआरएनए जस्तो साझा संस्थामा महिलाहरुको नेतृत्वमा मात्र होईन कि सहभागिता समेत निकै कमजोर र न्यून अवस्थामा छ । एनआरएनए एनसीसी प्रति नेपाली महिलाहरुको आकार्षण र सहभागिता बढाउन पनि मेरो उम्मेदवारी जरुरी देखेकी छु । मेरो उमेदवारी हामि महिलाहरुको सहभागिता मात्रै नभएर पुरुषले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउदै महिला पुरुष समान भन्ने मान्यतालाई स्थापित गर्दै हामीले पनि नेतृत्व गर्न सक्छौं भन्ने दावीदारी पनि हो ।

एनआरएनए भित्र ३३ प्रतिशत महिलाको सहभागीताको जोडदार रुपमा उठिरहेको र बैधानिक रुपमा पनि अगाडी बढी सकेको यो समयमा एनआरएनए स्विजरल्याण्डको ईतिहासमा पहिलो पटक म एक महिलाले अध्यक्षमा दावी गरेकी छु । यो केवल दावी मात्रै नभएर अनिवार्य पनि देखिएकोले स्विजरल्याण्डवासी सबैको साथ र सहयोगको अपेक्षा सहित आफनो उमेदवारी घोषणा गर्दछु ।

किन मेरो उम्मेदवारी,

१. व्यक्तिगत सोच र स्वार्थ बन्दा माथि उठेर सस्थाको हितमा लाग्दै आगामी दिनमा गैर आवासीय नेपाली संघ स्विजरल्याण्डलाई सबै नेपालीको साझा संस्था बनाउदै एकताको सूत्रमा गास्ने पहिलो प्रयास हुनेछ ।

२. अबको १० र १२ बर्षपछि एनआरएन एनसिसीमा सक्षम व्यक्ति ल्याउनका लागि अहिले नै नेतृत्व विकाश गर्न जरुरी छ । त्यसैले युवाहरुलाई जतिसक्दो सहभागी गराउदै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै उनीहरुलाई हाम्रो भाषा संस्कृतिसँग जोडने कार्य योजना ल्याउने छु ।

३. हाम्रो भाषा संस्कृति रहेमा नै हामी नेपाली रहने हो , त्यसको जगेर्ना गर्नका लागि सबैको साथ सल्लाह र सुझाव अनुसार अगाडी बढ्ने छु ।

४. स्विजरल्याण्ड र नेपालका विच भावानात्मक, सास्कृतिक, भौगोलिक र पारिवारिक सम्वन्ध भएकोले यसलाई नेपालसग जोडिएका स्विस नागरिक र यस क्षेत्र लाग्नु भएका नेपालीहरुको पहिचान गरि उहाहरुका विच समन्वय गर्दै सिप, ज्ञान र पुजीलाई एनआरएनए मार्फत नेपालमा उपयोग गर्न पहल गरि सम्बृद्ध नेपाल निर्माणमा टेवा पुर्याउने प्रयास गर्ने छु।

५.साधरण सदस्यका लागि परिचय कार्डको व्यवस्था गर्दै स्विजरल्याण्ड भित्र सामुहिक रुपमा जादा सेवामा सहुलियत प्राप्त क्षेत्र जस्तै (सवारी विमा, स्वास्थ्य विमा जस्ता ठाउमा सस्थागत रुपमा जाने जस अनुसार साधारण सदस्यले आर्थिक लाभ लिन सक्ने छन ।

६. नेपाल दुतावास , नेपाल पर्यटन बोर्ड ९ स्विजरल्याण्डमा नियुक्ति हुनु भएका पर्यटन पर्यटनदुतज्युहरु सँग समन्वय र सहकार्य गर्दै सम्पूर्ण स्विस स्थित संघ , सस्था , समुह ,नेपाली मिडिया साथै सम्पूर्ण स्विस वासी नेपालीको सहयोग र साथ लिएर सजिलो र सम्भव हुने स्विजरल्याण्डका ठुला शहर मध्य कहिँ नेपाली भाषा सस्कृति , पर्यटनको पर्वर्द्दन गर्नका नेपाल फेस्टिवलको आयोजाना गर्नेछु ।

७. सदस्यता नविकरण र प्रत्यक पटक फारम भर्ने झन्झटिलो प्रथाको अन्त्य गर्दै एनआरएनए आईसिसिको संसार भरिका सदस्यलाई एकै ठाउमा राख्ने उद्देश्यले शुरु गरेको अनलाईन सिस्टमलाई समावेश गर्दै घर बाटै सदस्य बन्ने व्यवस्था मिलाउने छु ।

अन्तमा नेपाली समाजको नेतृत्व गर्दै गर्दा माथि लेखेका प्रतिवद्दता सगै मैले धेरै जिम्मेवारी यो नेपाली समाजका लागि गर्नु पर्छ भन्ने चुनौतीलाई आत्मसाथ् गर्दै यहाको नेपाली समाजलाई एकै ठाउमा उभ्याउनका लागि मेरो सहकार्य ,आत्मसम्मान र सहअस्तित्व सहित अगाडी बढ्न तयार रहेको पनि जानकारी गराउदै ।

तपाइँहरु सबै स्विसवासी दिदीबहिनी एवम दाजुभाइहरुमा आगामी सेप्टवर ३ तारिख हुन गैरहेको गैर आवासीय नेपाली संघ स्विजरल्याण्डको अधिवेसनमा आफ्नो अमुल्य मत दिई बिजयी गराउनु हुन् हार्दिक अनुरोध गर्दछु ।

सिमा गौतम

अध्यक्ष उम्मेदवार
२०१७—१९ , गैरआवासीय नेपाली संघ, स्विजरल्याण्ड