८ बैशाख २०८१, शनिबार
Follow Us

धादिङ्ग नुवाकोट समाज यूकेद्धारा राहत वितरण

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार १२:५६

लण्डन । केही हप्ता अघी आएको अबिरल बर्षा तथा नेपालको तराईको बिभिन्न भूभागमा भएको डुबान प्रभाबित क्षेत्रमा राहत वितरण गरिएको छ । धादिङ्ग नुवाकोट समाज यूकेद्धारा संकलित रकम संस्थाकै नेतृत्वमा बाढी प्रभाबित क्षेत्रमा राहत स्वरुप बितरण गरिएको हो ।
संस्थाका अध्यक्ष सीबी तामाङ्गका अनुसार उपाध्यक्ष ईन्जिनियर देब तामाङ्गको नेतृत्वमा गायक बिरुलामा र समाजसेवी जगत बहादुर तामाङको टोली सो राहत वितरण गर्न सर्लाही पुगेको थियो ।
टोलीले सर्लाही हरकटुवा गाउंपालीकाका १०० घर हरीवन मोहनपुर मा ४६ घर तथा लालबन्दीमा ७९ घर धुरीको प्रत्येक परिवारको लागी म्याट्रेश, ३० केजी चामल, ३ केजी चिनी, ५ लिटर तेल, चियापत्ती, ब्रसटुथपेष्ट तथा झुल बितरण गरेको थियो ।

बिपन्न बस्तीमा स्थानीय सामाजिक अभियन्ता तथा बाल चेतना नेपालका अध्यक्ष सुरेन्द्र लामा तथा आरती लामाको संयोजनमा नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीय प्रसाशनको समेत सहभागीमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका महासचिब धन पाख्रिनले जानकारी दिए ।
५ लाख रुपैंया बराबरको अत्यावश्यक राहत सामाग्री बितरण पछी स्थानीयहरुले सात समुन्द्र्पारीबाट र अन्य जिल्लाका बासिन्दाले गरेको सहयोगको प्रशंसा गर्दै दाताहरु सबैलाई आभार प्रकट गरे ।
सोही अवसरमा बाल चेतना केन्द्रमा आरक्षित द्वन्द पिडीत बालबालिकाको सहयोगको लागी सानो सहयोग स्वरुप २० हजार रुपैंया समेत बितरण टोलीका संयोजक देब तामाङले हस्तान्तरण गरेका थिए ।
राहत बितरणको दोश्रो चरण गायक मिलन लामाको संयोजनमा प्रभावित क्षेत्र चितवनमा करिब २ लाख बराबरको सामाग्री केही दिन भित्रै बितरण गरिने महासचिब धन पाख्रिनले जनाए ।
दोश्रो चरणको राहत बिरणको लागी केही रकम नेप्लिज लेडिज लण्डन बोरो अफ हन्स्लोकी देबी रानी गुरुङको संयोजनमा तिज कार्यक्रमबाट समेत सहयोग संकलन गरिएको थियो ।
21245899_10214272659632305_282148476_o

21175453_10214272659952313_1749664315_n

21209048_10214272659872311_1448912002_n