१३ बैशाख २०८१, बिहीबार
Follow Us

साउदीमा एक नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार १४:५२

रुकुम । रोजगारीको सिलसिलामा साउदी गएका एक रुकुमेलीको मृत्यु भएको छ । जिल्लाको बाँफीकोट गाउँपालिका–९ झुलाका २४ वर्षीय रत्नबहादुर नेपालीको मृत्यु भएको हो ।
पन्ध्र महिनाअघि रोजगारीका लागि साउदी गएका नेपालीको आइतबार राति कोठामा सुतेको अवस्थामा मृत्यु भएको उहाँका आफन्त लालबहादुर नेपालीले जानकारी दिनुभयो । कम्पनीबाट काम सकेर कोठामा आएका नेपाली खाना खाएर सुतेको र बिहान उठ्दा भने मृत अवस्थामा फेला परेको उहाँले बताउनुभयो । मृतक नेपालीका एक छोरा र एक छोरी छन् । उहाँकी श्रीमती एक महिनाअघि छोराछोरीलाई छोडेर अर्कैसँग विवाह गरेर गइसकेकी छन् ।