१२ बैशाख २०८१, बुधबार
Follow Us

डा. केसी अस्पताल भर्ना

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार १४:५५

काठमाडौं । बाढी पीडितको उपचारका लागि सप्तरी पुगेका डा. गोविन्द केसी काठमाडौं फर्किएपछि बिरामी भएका छन्। सोमबार काठमाडौं फर्किएका उनलाई अत्यधिक पेट दुख्ने भएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । हाल उनको शिक्षण अस्पतालको बेड नम्बर ५०१ मा केसीको उपचार भइरहेको छ। डा. केसीलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।

‘सरलाई हिजोदेखि अत्याधिक पेट दुखेपछि अस्पताल भर्ना गरिएको हो, उहाँलाई सिभिएर ग्यास्ट्राइसिस हुन सक्ने अनुमान गरिएको छ’ केसीका सहयोगी डा. सुमन आर्चायले भने। चिकित्सा शिक्षा सुधारको माग राख्दै साउन पहिलो हप्तादेखि २३ दिन अनशन बसेका उनले बाढी र डुवानका कारण ठूलो जनधनको क्षति भएपछि साउन ३१ गते अनशन तोडेका थिए।

त्यसपछि स्वास्थ्य उपचार गराउन अस्पताल भर्ना भएका उनी भदौ ८ गते सप्तरीको कञ्चनरुप नगरपालिकाको मुसहर बस्तीमा पुगेका थिए। सप्तरीमा हुँदा नै स्वास्थ्यमा समस्या देखिएपछि उनी आइतबार काठमाडौं फर्किएका थिए। लामो अनशनपछि उपचार गराइरहेका उनले ठीक नभइकन बाढीपीडितको उपचारका लागि गएकाले फेरि बिरामी परेका उनका सहयोगी आचार्यले बताए। केसीलाई सप्तरीमा पनि विरामी भएपछि स्लाइन दिइएको थियो।