१४ बैशाख २०८१, शुक्रबार
Follow Us

‘छमछमी नाचेर पूर्वविद्यार्थीले जुटाए विद्यालयलाई सहयोग’

नेपालब्रिटेन डट कम्
१३ भाद्र २०७४, मंगलवार १६:१२

बाग्लुङ । अमलाचौर । नेपाली नारीहरुको महानचाड तीज पर्वलाई समेत परोपकारी काममा प्रयोग हुन थालेको छ ।
यसै बीच बाग्लुङ जिल्लाको १२ नम्वर वार्डको अमलाचौरमा रहेको पृथ्वी उच्च माविका पूर्वविद्यार्थीहरुको समूहले तीज प्रतियोगिता गरेर उठेको रकम विद्यालय निमार्णमा खर्चिने भएका छन् ।
अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघ (आशा) द्धारा आयोजित वृहत तीज गीत प्रतियोगिताको अवसर पारी सदस्यता विस्तार अभियान सञ्चालन गरि संकलन भएको सहयोग विद्यालय हाताभित्र लाईब्रेरी, विज्ञान प्रयोगशाला निमाणको लागि सहयोग संकलन भएको हो ।
वडा महिला सञ्जाल तथा अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघको संयुक्त आयोजनामा वृहत तीज गीत प्रतियोगिता हालै सम्पन्न भएको छ ।
१० समूहले भाग लिएका प्रतियोगितामा डन साइन एकेडेमीको समूहले प्रथम, पृथ्वी मा.वि. अमलाचौरको वी समूह द्धितीय र सिर्जनशील महिला समूहले तृतीय स्थान प्राप्त गरे । त्यसै गरी पृथ्वी मा.वि. अमलाचौरको सी समूह र विश्वकर्मा एकता समाजले सान्त्वना स्वरुपको पुरस्कार हात पारे ।
अन्य सबै प्रतियोगी समूहलाई सहभागी भई आफ्ना प्रतिभा प्रस्तुत गरेकोमा प्रोत्साहन स्वरुप १—१ हजार रुपैयाँ प्रदान गरिएको थियो । कार्यक्रमका विशेष आकर्षण राष्ट्रिय तथा स्थानीय कलाकारहरु तारानाथ आचार्य, पूर्ण परियार, सिता परियार, विकास नेपाली चित्रा शर्मा ढकालले प्रतियोगिताको बीचबीचमा सहभागी दर्शक एवम् अतिथिहरुलाई तीज गीत गाएर छमछमी नचाए ।
वा.न.पा. १२ अमलाचौरका वडाध्यक्ष गुरुदत्त पाठकको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व महिला सञ्जालकी अध्यक्ष ख्यामा थापा आचार्यले गरेकी थिइन् भने सञ्चालन कल्पना शर्माले गरिन् ।
अमलाचौर स्कुलमा अध्ययन गरी स्वदेश तथा विदेशमा विभिन्न पेशा, व्यवसाय गरी वसेका ८७ जना पूर्व विद्यार्थीहरुले एशोसिएसनमा आवद्धता हुने घोषणा गरेको अमलाचौर स्कूल एलुम्नाइ एशोसिएसनका सदस्य कृष्ण पौडेलले जानकारी दिए । सो कार्यक्रममा ८७ जना पूर्वविद्यार्थीहरुले एसोसियसनको सदस्यता शुल्क ५ हजारको दरले करिब ५ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको थियो ।

हालसम्म झण्डै ३०० जना पूर्व विद्यार्थी यस संघमा आवद्ध भइसकेका छन् । विद्यालयमा पूर्व विद्यार्थीहरुद्धारा १ करोडको अक्षय कोष स्थापना गरी विद्यालयको समग्र विकास गर्ने लक्ष्य अनुसार पूर्व विद्यार्थीहरु लागिपरेको समेत कार्यक्रममा जानकारी गराइएको थियो ।
सदस्यता हुन इच्छुक पूर्व विद्यार्थीले ग्लोबल आइ एम इ वैंकको जुनसुकै शाखाबाट

अमलाचौर विद्यालय पूर्व विद्यार्थी संघको खाता नं. : ०६०१०१००००४१० मा जम्मा गर्न सक्नेछन् ।
21146670_1353046944744419_1345686207_o

21121711_1353044204744693_294238165_n

21122039_1353046538077793_1805701369_n

21124153_1353043764744737_431314953_n