१३ बैशाख २०८१, बिहीबार
Follow Us

चाइनिजलाई नागरिकता बनाइदिने पक्राउ

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार ०७:२२

मेलम्ची । कीर्ते गरी चिनियाँ नागरिकलाई नेपाली नागरिकता बनाइदिने एकजनालाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । कीर्ते नागरिकता बनाएपछि फरार रहेका सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–११ का ४५ वर्षीय वाङदोर्जे लामालाई आज इलाका प्रहरी कार्यालय, मेलम्चीको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला अदालत चौताराबाट कीर्ते नागरिकता बनाउन सहयोग गरेको भन्दै २०७० मंसिर ११ गतेको फैसलाले दुई वर्ष ११ महिना आठ दिन कैद र रु ५० हजार जरिवाना सुनाएको थियो । लामाले कैद र जरिवाना भुक्तान नगरी चार वर्षदेखि फरार रहेको अवस्थामा प्रहरीले निजको घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताउनुभयो ।
पक्राउ परेका लामालाई आजै जिल्ला अदालत चौतारामा बुझाइने ढुंगानाले जानकारी दिनुभयो ।