१४ बैशाख २०८१, शुक्रबार
Follow Us

फोनिज यूकेको नेतृत्वमा प्रमिला लाबुङ राई

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १०:४१

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज बेलायतको दोश्रो अधिबेशन सम्पन्न भयो । साेमवार अल्डरर्शटको एम्पायर हलमा आयोजित अधिबेशनमा नेपालबाट पाल्नुभएका आदिवासी पत्रकारिताका बरिष्ठ ब्यक्तित्वहरु अतिथि थिए । फोनिज केन्द्रका अध्यक्ष डण्ड बहादुर गुरुङ, सचिब मनोज घर्तिमगर, सल्लाहकार गणेश राई, फोनिज कास्कीका निवर्तमान अध्यक्ष हुम गुरुङ र लिम्बू पत्रकार संघका अध्यक्ष देबेन्द्र खापुङ र पहिचानवादी बरिष्ठ गायक राजन राई सबैले अतिथिको रुपमा आआफ्नो मन्तब्य राखे । प्रमुख अतिथि डण्ड गुरुङले नेपालमा आदिवासी जनजातिहरुको हकहित र अधिकारहरु स्थापना गर्न फोनिजले धेरै भूमिका खेलेको तथापि यसले गर्न पर्ने अझै धेरै कामहरु थाँती रहेको उल्लेख गर्नुभयो ।

अधिबेशनको पहिलो चरण को सभापतित्व अध्यक्ष विस्वादीप तिगेलाले र सञ्चालन महासचिब प्रमिला लाबुङ राईले गरे । कार्यक्रममा बेलायतमा रहेका बिभिन्न जातीय संस्थाका प्रमुखहरु, अन्य प्रतिनिधिहरु, आदिवासी र मुख्य धारका पत्रकारहरु, फोनिजका सल्लाहकारहरु र सदस्यहरुको बाक्लो उपस्थिति थियो ।

अधिबेशनको दोश्रो चरणमा पूर्ण गुरुङ र लिलामान शेरपुञ्जाको संयोजनमा एक नयाँ कार्यसमितिको सर्वसम्मत चयन गर्यो । प्रमिला लाबुङ राईको अध्यक्ष रहेको नयाँ कार्यसमितिमा नगेन्द्र राज नेम्बाङ उपाध्यक्ष, खुशी लिम्बू महासचिब, जमुना पुन सचिब र गोमा राना कोषाध्यक्ष रहेका छन् । सदस्यहरुमा कर्मा पहाडी, मिलन तमु, एस। के। गुरुङ, होम सुनुवार, पुष्पा गुरुङ, सुरेन्द्र इङनाम, बिसन गुरुङ, मुकेश राई, सुमिरा सुनुवार र बम थापा सूर्यबंशी रहेका छन् । नवनिर्वाचित सबैलाई प्रमुख अतिगि डण्ड गुरुङले सपथ ग्रहण गराए ।

अधिवेशनले फोनिजको केन्द्रिय प्रतिनिधिको रुपमा नरेश खपाँगी, विस्वास दीप तिगेला, पूर्ण गुरुङ, भावना परिष्कृत सुनुवार र लिलामान शेरपुञ्जालाई चयन गर्यो ।

निर्वाचनपछि निवर्तमान अध्यक्ष विस्वासदीप तिगेलाले उपस्थित सबैलाई अधिबेशन सफल पार्न सहयोग पुर्याएकोमा हार्दिक आभार प्रकट गरे भने नवनिर्वाचित अध्यक्ष प्रमिला लाबुङ राईले आफ्ना प्रतिवद्ता र धन्यवाद मन्तब्य दिए ।

पूर्ण गुरुङ र तारामान शेरपुनिर्वाचित हुनुभएकोमा उहाँहरु लगायत नवनिर्वाचित उहाँहरुको कार्यसमितिका सदस्यहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । उहाँहरुको कार्यकाल सफल रहोस् ।

खुशी लिम्बू