७ बैशाख २०८१, शुक्रबार
Follow Us

बाढी पीडितलाई कतार फन्टको साढे २ करोड

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १३:३६

काठमाडौं । तराई क्षेत्रका बाढी पीडितलाई आवास, खानेपानी तथा सरसफाइ र स्वास्थ्य क्षेत्रमा आफ्नो मानवीय सेवा जारी रहेको कतार रेडक्रिस्सेन्टले जनाएको छ ।
ती क्षेत्रमा यसका लागि आगामी दिनमा उसले कतार फण्डको करिब दुई करोड ५० लाख आर्थिक सहयोग नेपाल रेडक्रस सोसाइटीमार्फत खर्च गर्ने प्रतिबद्धतासमेत जनाएको छ ।
कतार रेडक्रिस्सेन्टद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटीका सम्बन्धित जिल्ला शाखाको समन्वयमा बाढी पीडितलाई अस्थायी बासस्थानका लागि त्रिपाल, तारपोलियन, गैरखाद्य पदार्थ, झूल, सरसफाइका लागि आवश्यक सामग्री वितरण जारी रहेको जानकारी दिएको छ ।
साउनको अन्तिम साता आएको बाढीका कारण तराईका ३२ जिल्ला प्रभावित भएका थिए । ती जिल्लामा गृह मन्त्रालयका अनुसार १४९ को मृत्यु, २७ बेपत्ता, १३४ घाइते, ९२ हजार २१६ विस्थापित तथा एक लाख ४४ हजार ९४३ जनालाई आंशिक असर पुगेको बताइएको छ ।
पत्रकार सम्मेलनमा कतार रेडक्रिस्सेन्टका कार्यक्रम अधिकृत अहमदले बाढीपीडित २६ हजारलाई तारपोलियन, गैरखाद्य सामग्री तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले राहतपछि करिब चार हजार आवास निर्माणलगायत सरसफाइ, स्वास्थ्यका कार्यक्रममा जारी रहेने बताउनुभयो ।