६ चैत्र २०८०, मंगलवार
Follow Us

यसरी मिलाए प्रचण्ड­ओली हात……

नेपालब्रिटेन डट कम्
२१ श्रावण २०७३, शुक्रबार ११:२४

नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्डले बिहिवार राष्ट्रपतीबाट पद तथा गोपनीयताको सपथ लिए ।

शीतलनिवासमा आयोजित समारोहमा उनले सपथ लिएपछिका केही दृश्य रमाइलो भेटिए । सपथग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी ओली र प्रधानमन्त्री प्रचण्डको हाउभाउले त्यहाँ उपस्थित फोटो पत्रकारहरुको ध्यान खिच्यो ।

प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएपछि दुवै पक्ष आरोप प्रत्यारोपमा उत्रेका थिए । ओली तुलनात्मक रुपमा नरम भएपनि प्रचण्ड ओली विरुद्ध बढी नै खनिदै आएका थिए । तर, सपथ ग्रहण कार्यक्रममा दुवै शालीन शैलीमा प्रस्तुत भए ।

शपथग्रहण कार्यक्रम सकिए लगत्तै केपी ओलीले प्रचण्डलाई हेरे र हात मिलाउन अघि बढे । दुवैले हात मिलाएपछि एकआपसमा निकैबेर कानेखुशी समेत गरे ।

तस्वीरमा यसरी मिलाए प्रचण्ड­ओली हात

kp-oli-prachanda-8