११ बैशाख २०८१, मंगलवार
Follow Us

नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा, साढे ४ करोड रुपैयाँ उठाउने तयारी (यस्तो छ– खर्च विवरण)

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १४:४४

काठमाडौं । एपी–वान टेलिभिजनले सञ्चालन गरिरहेको रियालिटी सो नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने भएको छ । सेप्टेम्बर २२ (असोज ६) गते हुने ग्रान्ड फिनालेका लागि एभरेस्ट युथ एसोसिएसन र आनेक्स वान इन्टरनेशनलले व्यवस्थापनको जिम्मा लिएको छ । कार्यक्रम एसियन टाउनको क्रिकेट मैदानको स्टुडियमा हुने तय गरिएको छ ।
प्रतियोगिता आयोजनाका लागि १५ लाख रियाल उठाउने तयारी भएको छ । १५ लाख रियाललाई नेपाली रुपान्तरण गर्दा लगभग साढे ४ करोड रुपैयाँ हुन्छ । यो रकम प्रायोजक र टिकट बिक्रीबाट उठाइने आयोजकहरुले दाबी गरेका छन् ।
व्यवस्थापन कम्पनीले यति धेरै रकम उठाए पनि एपी वान टेलिभिजनले ५० लाख रुपैयाँ मात्र पाउने सम्झौता भएको छ । सबैभन्दा बढी खर्च मञ्च सजावट, आयोजना स्थल, लाइट–साउन्ड सिस्टम र हवाइ टिकटमा देखाइएको छ । आयोजना स्थलका लागि १ लाख ५० हजार रियाल, मञ्च सजावटका लागि एक लाख रियाल, लाइन्ट–साउन्ड सिस्टमका लागि १ लाख ७५ हजार र हवाइ भाडाका लागि २ लाख ५० हजार छुटाइएको छ । आयोजकले यी पाँच शीर्षकका लागि ६ लाख ७५ हजार रुपैयाँ छुटाएको छ । अर्थात् आयोजना स्थल, मञ्च सजावट, लाइट–साउन्ड सिस्टम र हवाइ टिकटवापत झन्डै २ करोड १० हजार रुपैयाँ खर्च हुनेछ ।
एभरेष्ट युथ एसोसियसन कतार अध्यक्ष उत्तम गुरुङ र ओनेक्स वन इन्टरनेश्नलका फाउन्डर प्रदिप शर्मा पौडेल, कार्यक्रम सहयोगी प्रविण गुरुङ, कार्यक्रम प्रमुख सल्लाहकार सागर नेपाल र सहयोगीमा प्रकाश गुरुङको नाम उल्लेख गरिएको छ । एभरेष्टका गुरुङ कतारका व्यवसायी हुन भने ओनेक्स पौडेल क्यानडाका इभेन्ट म्यानेजर हुन् ।
ग्रान्ड फिनालेमा नेपालबाट टप १२ मा पर्न सफल प्रतिस्पर्धी, आइडलका निर्णायक, कलाकार, सञ्चारकर्मी प्राविधिक सहयोगीसहित गरी ८५ जनाको टोली कतारमा जाने छ । बिशेष आकर्षकको रुपमा गायक हेमन्त राना, डान्सर तेरिया फौजा मगर पनि कतार जाने छिन् ।

expendechar