६ बैशाख २०८१, बिहीबार
Follow Us

आजैबाट निर्वाचन आचारसंहिता लागू

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १४:४९

काठमाडौं । निर्वाचन आयोगले मसिंरमा हुन लागेको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजैबाट निर्वाचन आचारसंहिता लागू गरेको छ ।
आयोगले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोग ऐन २०७३ को दफा २२ को अधिकार क्षेत्र प्रयोग गरेर आचार संहिता लागू गरेको जानकारी दिएको हो । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदशिता र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको भन्दै आयोगले सहयोग गर्न दल र प्रमुख नेतालाई आग्रह गरेको छ ।
सरकार, सरकारका मन्त्री सरकारी निकाय, सार्वजनिक संस्थान लगायतको हकमा आचारसंहिता जारी गरेको निर्वाचन आयोगले उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको मितिबाट लागू हुने जनाएको छ । तेश्रो चरणको स्थानीय तह निर्वाचनमा आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै आयोगले दल तथा शिर्ष नेताको ध्यानाकर्षण समेत गराएको छ ।