१२ बैशाख २०८१, बुधबार
Follow Us

ड्यूटीमा रहेका प्रहरीमाथि खुकुरी प्रहार

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १४:५१

चितवन । ड्यूटीमा रहेका प्रहरी जवान ताराप्रसाद पोख्रेल माथि आज दिउँसो खुकुरी प्रहार भएका छ । भरतपुर महानगरपालिका वडा नम्वर ३ पोखरा वसपार्कमा ड्यूटीमा रहेका पोख्रेल माथि भरतपुर महानगरपालिका वडा नम्वर २ क्षेत्रपुर निवासि वर्ष ३० का दिलिप सुनारले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक शिब शर्मा आचार्यले जानकारी दिए ।
प्यूठान जिल्ला झिम्रुक घर भई वडा प्रहरी कार्यालय नारायणगढ दरबन्दी रहेका पोख्रेल ड्यूटीमा रहेको समयमा दिउँसो २ः४० बजे सुनारले खुकुरी प्रहार गरेका हुन । खुकुरी प्रहार गर्ने सुनारलाई हतियार सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको छानबिन भईरहेको नायब उपरिक्षक आचार्यले बताए । खुकुरी प्रहारबाट घाईते भएका पोख्रेलको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइृते पोख्रेलको टाउको र गर्दन भन्दा तल चोट लागेको प्रहरीले जनाएको छ ।