१३ बैशाख २०८१, बिहीबार
Follow Us

वेलायत जनसम्पर्क समितिको सभापतिमा सिंहको उम्मेदवारी

नेपालब्रिटेन डट कम्
१४ भाद्र २०७४, बुधबार १५:३९

काठमाडौं । आगामी सेप्टेम्वर १७ तारिखमा हुन गइरहेको नेपाली कांग्रेसको विदेशस्थित शुभेच्छुक संस्था नेपाली जनसम्पर्क समिति बेलायतको सभापतिमा युवराज सिंह र युवराज गुरुङ्गले उम्मेद्वारी घोषणा गरेका छन् । १६ सेप्टेम्वरमा हुने अधिवेशनलाई लामो समयदेखि वेलायतमा विभिन्न समुहमा विभाजित जनसम्पर्क समिति बेलायतको एकता अधिवेशनको रुपमा हेरीएको छ ।

सभापतिका प्रत्यासित उमेद्वार सिंह नेपालको विद्यार्थी राजनीतिकदेखि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्यको रुपमा काम गरेका थिए । भने अर्का उमेद्वार युवराज गुरुङ्ग संखुवासभा जिल्लामा जन्म भई हंंकंङहुदै वेलायत पुगेका हुन् । गुरुङ्गले जनसम्पर्क समितिको उपाध्यक्ष पद समेत सम्हालिसकेका छन्

सिंह विगत ८ वर्षदेखि बेलायत बसाईको सुरुवात देखि नै जनसम्पर्क समितिमा निरन्तर रुपमा क्रियाशील भई त्याहा स्थित नेपालीकोहरुको हकहितको निम्ति काम गर्दै आएका छन् । चेतनाथ खनाल जनसम्पर्क समितिको सभापति रहँदाको कार्यसमितिमा उनी महामन्त्रीमा रही कार्य सम्पादन समेत गरेका थिए । बेलायतबाट नेपाली कांग्रेसको १३ औं महाधिवेशन प्रतिनिधि समेत रहेका सिंह नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य समेत हुन् ।

स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघमा आवद्ध भई २०५६ देखि २०६३ सालसम्म नेपाल कमर्श क्याम्पस, मीनभवनको ईकाई सभापति, २०५५ मा सोहि क्याम्पसको स्ववियु सहसचिवमा निर्वाचित र २०६० सालमा स्ववियु सभापतिको उम्मेदवार रहेका सिंह २०६० सालमा कैलाली क्षेत्र नम्बर ४ को क्षेत्रीय उपसभापतिको जिम्मेवारी समेत सम्हाली सकेका छन् ।

सभापतिका प्रत्यासी सिंहले भने “लामो समयसम्म जनसम्पर्क समिति युके विभाजित मानसिकताका साथ गुज्रिनु परेको र समयमा अधिवेशन पनि हुन नसकेको हुँदा आगामी अधिवेशनबाट सबैलाई समेटेर एकताबद्ध बनाई ईतिहासको हरेक महत्वपूर्ण परिवर्तनको नेतृत्व गरेको पार्टी नेपाली कांग्रेसलाई समय सापेक्ष नेपालको आवश्यकता अनुसार अझ सशक्त र क्रियाशील बनाउन बेलायतवासी राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई समन्वय गरि पार्टीलाई रचनात्मक सहयोग पुर्याउन मैले उम्मेद्वारी दिने निर्णय गरेको छु ।”