१६ चैत्र २०८०, शुक्रबार
Follow Us

दार्जिलिङ आन्दोलनका कार्यक्रम स्थगित

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार १३:३४

काठमाडौं । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम स्थगित गरेपछि आन्दोलनकारीबीच नै मतभेद भएको छ । पश्चिम बंगलकी मुख्य मन्त्री ममता बेनर्जीसँगको वार्तापछि मोर्चाका नेता बिनय तामाङले थप वार्ताका लागि भन्दै सेप्टेम्बर बाह्र तारिकसम्मका लागि आन्दोलन स्थगनको घोषणा गरेका थिए ।
तर, तामाङको घोषणालाई दार्जिलिङवासीले अवज्ञा गरेका छन् । दार्जिलिङ, खर्साङ, कालिङपोङ र मिरिकलगायतका क्षेत्रमा बन्द जारी छ । शैक्षिक संस्था, कलकारखानमा, उद्योगधन्दा ठप्प छ ।
दार्जिलिङको मुद्दालाई तुहाउन खोजेको भन्दै स्थानीयवासीले तामाङविरुद्ध नारावाजीका साथै प्रदर्शन गरेका छन् । दार्जिलिङमा सुरु भएको अनिश्चितकालिन हड्ताल आज असी दिन पुगेको छ ।