६ बैशाख २०८१, बिहीबार
Follow Us

रशमूर नेपाली कम्युनिटीको सल्हाकारलाई काउन्सिल भवनमा स्वागत

नेपालब्रिटेन डट कम्
१६ भाद्र २०७४, शुक्रबार १८:४१

फान्ब्रो ३१ अगष्ट २०१७ ग्रेटर रशमूर नेपाली कम्युनिटीले नव मनोतित सल्लाहाकारहरुलाई रशमूर ब्रो काउन्सिलको च्याम्बरमा स्वागत तथा सम्मान गरेको छ।

संस्थाका महासचिव मान गुरुङद्वारा संचालित एवं अध्यक्ष जीव बेलबासेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बरिष्ठ उपाध्यक्ष राम धन राइले स्वागत मन्तव्य दिएका थिए भने निबर्तमान अध्यक्ष ओम थापाले उनको कार्यकालमा पुरा गरिएका लक्ष्य र बाँकी रहेका कामको बिषयमा प्रकाश पारेका थिए।

यसै गरि सल्लाहाकार एवं एन आर एन यू के का अध्यक्ष मुछेत्र गुरुङ, रशमूर ब्रो काउन्सिलका मेयर सोफिया चौधरी, प्रहरी चिफ इनिश्पेक्टर जोन हाल्फकर समेतले आ-आफ्नो मन्तव्य राखेका थिए भने कार्यक्रमको अन्त्यमा अध्यक्ष जीव बेलबासेले सबैलाई धन्यबाद दिदैं आगामी दूइ वर्षभित्र गरिने अल्पकालीन एवं दिर्घकालिन योजना जस्तै जी आर एन सिको लागि कम्युनिटी हाल, अफिस, स्थानिय स्कुल र कलेजमा नेपाली कक्षाको सम्भाव्यता, भेट्रान प्रोजेक्ट, नेपाली नया वर्ष, बि जी डब्लु एस र शिब कल्चरल एण्ड कम्युनिटी सेन्टरसंगको साझेदारीमा दशैं कार्यक्रम, रशमूर १० के रन, लागुऔसध तथा मादक पदार्थ दुर्व्यसन सम्बन्धि शिक्षण, फायर वाक कार्यक्रम लगायत जी आर एन सी, प्रहरी, स्थानिय काउन्सिलका क्याबिनेट लिडर र उनको टिम, बिपक्षी दलका नेता र उनको टिम, रशमूर कम्युनिटी डेभलभमेण्ट मेनेजर र उनको टिम लगायत संगको त्रैमासिक बैठक आदि बिषयमा प्रकाश पारेका थिए।

thumbnail_GRNC Advisor welcome 1
कार्यक्रममा निबर्तमान अध्यक्ष ओम थापा, रशमूर ब्रो काउन्सिलका मेयर सोफिया चौधरी, प्रहरी चिफ इनिश्पेक्टर जोन हाल्फकर, स्थानिय काउन्सिलका क्याबिनेट लिडर डेभिड क्लिफोर्ड, सह लिडर केन, बिपक्षी दलका नेता आलेक्स क्राफोर्ड, रुशमूर भोलेण्टीयरि सर्भिसेजका डेभलभमेण्ट मेनेजर सु हाथावे, सल्ल्हाकारहरु सुर्जे गुरुङ, मुछेत्र गुरुङ, भू पू प्रनाउ बाचस्पति रेग्मी, हित काजी गुरुङ, क्याप्टेन महेन्द्र लिम्बु, क्याप्टेन ग्यारी घले,शेर सुनार, क्याप्टेन राजेन्द्रमान गुरुङ, मेजर खिम गौचन, क्याप्टेन तीर्थमान गुरुङ, भिम बानिया, हरि श्रेष्ठ, बिष्णु तामांग, क्याप्टेन हरि थापा, थर्क सेन, क्याप्टेन बिर बहादुर थापा, शान्ति थापा कुँवर,नन्द कुमारी गुरुङ, रत्न राइ,पुरन गिरि, जंग सुनुवार, डीलरास गुरुङ, कृष्ण गुरुङ, पूर्ण राज गुरुङ, क्याप्टेन केशर राना, बिश्वजंग गुरुङ, देब बहादुर घले, हर्क गुरुङ, कार्समितिका तर्फबाट बरिष्ठ उपाध्यक्ष राम धन राइ, उपाध्यक्ष नेम थापा, महासचिब मान गुरुङ, कोषाध्यक्ष टोप पल्ली, महिला संयोजक लिला सेलिङ्ग माबो,सदस्य दिल नेपाली, जगना गुरुङ, टेक थापा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम ऐतिहासिक रहेको कुरा उपाध्यक्ष नेम थापाले बताए।