१५ चैत्र २०८०, बिहीबार
Follow Us

एमालेबाट १४ तहमा उम्मेदवार टुंगो

नेपालब्रिटेन डट कम्
१७ भाद्र २०७४, शनिबार ०४:४३

गौशाला । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख-अध्यक्ष र उपप्रमुख-उपाध्यक्षको नाम टुंगो लगाएको छ ।

एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिकामा पद्मप्रसाद उपाध्याय प्रमुख र शान्तिदेवी सिंह दनुवार उपप्रमुखका उम्मेदवार हुनुहुनेछ ।

त्यस्तै भंगहा नगरपालिकामा अरुणकुमार सिंह थारु प्रमुख र अनितादेवी यादव उपप्रमुख, औरही नगरपालिकामा मोहन महतो प्रमुख र सुमित्रा यादव उपप्रमुख, मनरा नगरपालिकामा राजकिशोर साह प्रमुख र चन्दु मण्डल उपप्रमुख तथा रामगोपालपुर नगरपालिकामा रामदुलार साह प्रमुख र रञ्जु पटेल उपप्रमुखका उम्मेदवार रहनुहुनेछ ।
मटिहानी नगरपालिकामा मुजिम राइन प्रमुख र गुलावदेवी मण्डल उपप्रमुख, लोहारपट्टि नगरपालिकामा बदरुल हक कवारी प्रमुख र शोभा झा उपप्रमुख तथा बलवा नगरपालिकामा मन्सुल कबारी प्रमुख र लालोदेवी मण्डल उपप्रमुखका उम्मेदवार रहने टुंगो लागेको छ ।

पार्टीले गाउँपालिकातर्फ पिपरा अध्यक्षमा विक्रम चौधरी र उपाध्यक्षमा राधादेवी साह, सोनमा अध्यक्षमा रामदुलार यादव र उपाध्यक्षमा राधादेवी यादव, महोत्तरी अध्यक्षमा जीतेन्द्र पासवान र उपाध्यक्षमा गुलशन खातुन तथा सम्सी अध्यक्षमा मीनाक्षीकुमारी साह र उपाध्यक्षमा शेष इद्रिशलाई उम्मेदवार बनाउने छ । बाँकी रहेको एक मात्र एकडारा गाउँपालिका अध्यक्षमा सो पार्टीले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन नसके पनि उपाध्यक्षमा ममतादेवी मण्डलको नाम सार्वजनिक गरेको छ ।