१५ चैत्र २०८०, बिहीबार
Follow Us

रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार ०७:००

बेँसीशहर । पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो ।
कार्यक्रमको समापनका अवसरमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर केशव कुँवरले पाँचबुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
घोषणापत्रमा रोटरी नेपाल ३२९२ अन्तर्गतका सबै क्लब भेला भई रोटरीको छवि प्रवद्र्धन गर्नेखालका साझा कार्यक्रम तय गर्ने र कार्य गर्ने रहेको छ । यस्तै रोटरी नेपाल ३२९२ अन्तर्गत जोन ४ का सबै क्लबबाट पनि रोटरीको छवि प्रवद्र्धन गर्नेखालका साझा कार्यक्रम तय गरी कार्य अघि बढाउने घोषणा भएको छ ।
यसैगरी कुनै योजनाको पहिचान गरी स्थानीय सरकार तथा अन्य वित्तीय संस्थासँग समन्वय गर्ने तथा त्यसका लागि आवश्यक कागजपत्र केन्द्रीय वा क्षेत्रीयरुपमा तयार गरी सम्बन्धित स्थानीय क्लबलाई सहयोग गर्ने घोषणा गरिएको छ ।
रोटरी क्लब अफ लमजुङको आयोजनामा भएको सो कार्यशालामा विभिन्न जिल्लाका रोटरीमा आबद्ध एकसयभन्दा बढी रोटरी प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा सामाजिक उत्तरदायित्व, क्लबका रणनीतिका विषयमा मुख्य छलफल भएको थियो ।
कार्यक्रममा रोट्र्याक्ट क्लब अफ लमजुङका पूर्व अध्यक्ष सन्देश पौडेलले जिल्लाको पर्यटकीय महत्वका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै पर्यटन अगुवा एवं रोटरी क्लब तनहुँका हरिसिंङ गुरुङले लमजुङ, तनहुँ हुँदै लुम्बिनीसम्मको पर्यटन पदमार्गका बारेमा जानकारी गराउनुभएको थियो ।