१५ चैत्र २०८०, बिहीबार
Follow Us

सीमांकन सच्याइने छः ओली

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार ०७:०२

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उहाँले बताउनुभयो ।
सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’समय क्रममा त्यसलाई सच्याइने छ भन्नुभयो ।