१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सर्वसाधारणको करोडौं ठगेर सिटिजनका पदाधिकारीहरु फरार

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार १२:४३

काठमाडौं । युनाइटेड सिटिजन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक सर्वसाधारणको ८ करोड रुपैयाँ डुबाएर फरार भएका छन् । ठगी प्रकरणका मुख्य नाईके हुन् प्रविणकुमार शर्मा सन्चालक समितिका अध्यक्ष समेत हुन् ।

कारकादौं ५ बाँके स्थायी घर भएका शर्माले नै ठूलो रकम अपचलन गरेको पीडितहरु बताउँछन् । उनलाई सन्चालक समितिमा रहेका अन्यले पनि साथ दिएका छन् । रकम अपचलन गर्नेहरुमा ओखलढुंगा घर भएका सचिव दीपेन्द्रराज भण्डारी, नेपालगन्ज बाँकेका सहसचिव सुधिरकुमार शर्मा, जनकपुर धनुषाका मनोजप्रसाद उपाध्याय, तम्घास गुल्मीका बसन्तकुमार श्रेष्ठ, बेलटार २ उदयपुरकी ललिता राई, ठिमी भक्तपुरका पन्न श्रेष्ठ र वीरगन्ज पर्साका राजेशकुमार साह सहित ११ जना रहेका छन् ।

सञ्चालक समितिका शर्मालगायत सबै पदाधिकारी ११ असारदेखि फरार रहेका छन् र उनीहरुको खोजीलाई प्रहरीले तीव्रता दिएको छ । र, यो ठगी प्रकरणमा सहकारी युनाइटेड सिटिजन बहुउद्धेशीय सहकारीका कार्यालयका व्यवस्थापक रमेश भट्टराई समेतको मिलेमतो भएको पीडितको आरोप छ । तर उनी अहिले आफूले ठगी नगरेको स्पष्टीकरण दिइरहेका छन् । सन्चालकहरु फरार भएको सूचना दिएर उनी उम्कने प्रयास गरिरहेका छन् तर रकम हिनामिना गर्न भट्टराईको समेत मिलेमतो रहेको पीडितको दावी छ ।

तर पीडितहरुका अनुसार यस ठगीमा ब्यबस्थापक भट्टराईको पनि संलग्नता रहेको आरोप छ तर भट्टराई यो कुरा स्वीकार गरिरहेका छैनन् । कम्पनीका व्यवस्थापक रमेश भट्टराईकै मिलेमतोमा सर्वसाधारणको ८ करोड हिनामिना गरेपछि अहिले उनी आफू बच्न अनेक प्रकारका बाहानबाजी गरिरहेका छन् । प्रहरीमा उजुरीदिने देखि अन्य विभिन्न काममा उनी स्वमय लागेको भएपनि सन्चालनकहरुलाई भगाउन उनले नै भूमिका खेलेको पीडितहरुको आरोप छ ।पिडितहरुमा अनुसार संचालक सबै सदस्य आआफ्नै नाता पर्ने भएकाले उनीहरुले योजना अनुसार नै यस्तो गरेको दाबी गर्छन् । सहकारीका सन्चालकहरु करोडांै लिएर फरार हुँदा पनि प्रहरी प्रशासन र सहकारी डिभिजन कार्यालय लगायत सबै मौन छन् ।