११ बैशाख २०८१, मंगलवार
Follow Us

२ नम्बर प्रदेशमा माओवादी पहिलो हुने प्रचण्डको दाबी

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार १५:०७

बारा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा आफू नेतृत्वको पार्टी पहिलो हुने दाबी गरेका छन् ।
जीतपुर–सिमरा उप–महानगरपालिका १६ को टाँगियाबस्तीमा आज आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यसअघि निर्वाचन भएका ६ वटा प्रदेशमा तेस्रो भएपनि दुई नम्बर प्रदेशमा भने माओवादी केन्द्रलाई पहिलो हुनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।
टाँगियाबासी बर्षौदेखि आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेको जानकारी आफूलाई रहेको भन्दै उनले स्थानीय समस्या समाधानका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने तर्क गरे ।
माओवादीले बर्षौदेखि मधेसको अधिकार र विकासका लागि लड्दै र आउँदा निर्वाचनमा मधेसी जनताले मतमार्फत त्यसलाई थप स्थापित गराउनु्पर्नेमा अध्यक्ष दाहालको जोड थियो ।