७ बैशाख २०८१, शुक्रबार
Follow Us

रोजगारीका लागि विदेश जानु पर्दैन : गभर्नर नेपाल

नेपालब्रिटेन डट कम्
१८ भाद्र २०७४, आईतवार १५:२०

पाल्पा । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले युवाले रोजगारीका लागि विदेश जानुभन्दा आफैँ उद्यमी बनेमा मुलुकमा समृद्धि हुने बताउनुभएको छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको छहरामा आज सिटिजन्स बैंक इन्टरनेशनल लि.को उद्घाटनमा गभर्नर डा. नेपालले मुलुकभित्र प्रशस्त आम्दानीको अवसर रहेकाले स्वदेशमा नै केही काम गरी स्वरोजगार बन्नुपर्ने बताउनुभयो ।
उहाँले बैंक तथा वित्तीय संस्थाले कृषि, उद्योग, व्यवसाय सञ्चालनका लागि ऋण लगानी गरेर आर्थिकरुपमा सुधार ल्याउन सकिने बताउनुभयो । विदेश गएर अरूको नोकर भएर कामगर्ने प्रवृत्ति त्याग्न पनि उहाँले आग्रह गर्नुभयो ।
डा. नेपालले काम गर्नेका लागि देशमै ठूलो अवसर रहेको बताउनुभयो । सरकारले जनताका घरदैलोमा बैंकमार्फत पैसा लिएर आएको उहाँले बताउनुभयो । ‘बैंकबाट कर्जा लिएर व्यापार, व्यवसाय गर्नुहोस्, देशमै राम्रो अवसर छ,’ उहाँले भन्नुभयो ।
बैंक तथा वित्तीय संस्थाहरु कर्जा लगानी गर्न आतुर रहेकाले अहिले पैसा नभएर व्यापार व्यवसाय गर्न पाईएन भन्ने अवस्था नरहेको पनि उहाँले बताउनुभयो ।