१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सोमबार बिहानै ८८ किलो सुनसहित गाडी चालक अधिकारी पक्राउ

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार ०५:२५

काठमाडौं । ८८ किलो सुनसहित सोमबार बिहान मनोज अधिकारी पक्राउ परेका छन्। काठमाडौंको क्षेत्रपाटीबाट उक्त परिणामको सुनसहित अधिकारी पक्राउ परेका हुन् । महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार स्ट्रोम जीपबाट ८८ किलो सुन बरामद भएको र गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको हो । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको उनले जानकारी दिए । ठूलो परिणाममा बरामद गरिएको यो पहिलो घटना भएको प्रहरीले जानकारी दिएको छ ।