२९ बैशाख २०८१, शनिबार
Follow Us

अजेयको ‘सुमार्गी’ र ‘अस्मिताका अक्षरहरु’ लन्डनमा एकसाथ विमोचन हुने

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार ०८:२४

लन्डन । नेपाली व्यवसायी तथा थाहा दर्शनका अभियन्ता अजेयराज पराजुली सुमार्गीको जीवनी ‘सुमार्गी’ र अस्मिता पराजुली सुमार्गीको ‘अस्मिताका अक्षरहरु’ सेप्टेम्बर १३ बुधबार साँझ एक साथ विमोचन हुने भएको छ । अस्मिताका अक्षरहरुमा गीत, कविता र हाइकु संग्रह समावेश छन् । कार्यक्रममा अस्मिता गीति एल्बम विमोचन हुने लक्ष्मी प्रतिष्ठान यूरोप संयोजक सुरेन्द्र श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार सेप्टेम्बर १३ बुधबार साँझ साढे ६ बजे अल्टरशटको इमियर बेनक्वइट एन्ड हलमा विमोचन कार्यक्रम हुनेछ । पुस्तक विमोचनपश्चात साँझ सांस्कृतिक कार्यक्रमसहित रात्रि भोजको आयोजना गरिएको छ । संयोजक श्रेष्ठले दिएको जानकारी अनुसार पुस्तक विक्रीबाट संकलित सम्पूर्ण रकम लक्ष्मी प्रतिष्ठानमार्फत् नेपालमा सामाजिक कार्यमा प्रयोग हुनेछ ।