७ बैशाख २०८१, शुक्रबार
Follow Us

लन्डनमा नवदुर्गा विशेष पूजा आयोजना हुने

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार ११:०९

लन्डन । यस वर्षको बडा दशैंमा लन्डनमा घटस्थापनादेखि दशमीसम्म नवदुर्गा विशेष पूजा आयोजना गरिने भएको छ । पूजा आयोजक समितिका संयोजक पण्डित चिरञ्जीवी ढकालका अनुसार आउँदो असोज ५ गते तदनुसार २१ सेप्टेम्बर बिहीवार घटस्थापनाका दिनदेखि ३० सेप्टेम्बर दशमीका दिनसम्म नवदुर्गा विशेष पूजा र विविध धार्मिक सांस्कृतिक समारोह गरी बडा दशैं मनाइदैछ ।
घटस्थापना विशेष पूजा गरी जमरा राखिने छ भने दैनिक दुर्गा सप्तशती चण्डीपाठ एवम् आरती, सप्तमीका दिन विधिवत फूलपाती भित्र्याउने, अष्टमीका दिन कालरात्री विशेष पूजा, नवमीका दिन नवदुर्गाका रुपमा नव कन्या पूजन गरी दशमीका दिन पूजा बिसर्जनका साथ जमरा वितरण गरिने पूजा कार्यक्रम तय भएको पण्डित ढकालले जानकारी दिनुभयो ।
लेडी माग्रेट साउथ हलमा आयोजना गरिने विशेष पूजा कार्यक्रममा समस्त बेलायतवासी नेपाली दाजुभाइ दिदीबहिनीलाई सहभागिताका लागि पूजा आयोजक समितिले आमन्त्रण गरेको छ । यजमानका रुपमा पूजामा सरिक हुन चाहनेले यथाशीघ्र सम्पर्क राख्न आयोजकले आग्रह गरेको छ । पूजाबाट उठेको रकम नेपाली मन्दिर निर्माणमा लगाइने समेत पण्डित ढकालले जानकारी दिनुभयो ।
sp
थप जानकारीका लागि
स्थान : 2 Lady Margaret Rd, Southall UB1 2RA
सम्पर्क :
पं. चिरञ्जीवी ढकाल : 07946599795
पं. गोविन्द नेपाल : 07946727164
पं. दुर्गाप्रसाद पोख्रेल : 07882418890
पं. नारायण पौडेल (गाउँले) : 07882418890
पं. शेखर काफ्ले : 07402945383
श्री होमनाथ पौडेल : 07888673660