१३ बैशाख २०८१, बिहीबार
Follow Us

फोरम उपाध्यक्ष यादवको घरमा तोडफोड

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार १५:२८

राजविराज । उम्मेदवार छनोटको विषयमा विवाद हुँदा संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश संयोजक रेणुकुमारी यादवको घरमा आज तोडफोड भएको छ ।
सप्तरीको राजविराजस्थित निवासमा आफ्ना समर्थकसँग कुराकानी गरिरहेको अवस्थामा सोही पार्टीमा आबद्ध रहेका असन्तुष्ट कार्यकर्ताले सामान्य तोडफोड गर्दै आगजनीको प्रयाससमेत गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।
असन्तुष्ट पक्षधरले नेतृ यादवको घरको कम्पाउण्डभित्र पसेर कुर्सी, टेबुल तोडफोड गर्दै मूल गेटमा टायर बालेर व्यापक विरोध गरेका थिए ।
बेल्ही चपेना गाउँपालिकाको अध्यक्ष पदमा सुरेन्द्र यादवको नाम हटाई आफू निकट चित्ररञ्जन यादवलाई उम्मेदवार बनाउन लागेको आरोपमा आक्रोशित कार्यकर्ताले यादवको घरमा तोडफोड गरी नाराबाजी गरेका थिए ।