१४ बैशाख २०८१, शुक्रबार
Follow Us

राजदूतावास मेलामा नेपालको सहभागिता

नेपालब्रिटेन डट कम्
१९ भाद्र २०७४, सोमबार १५:३५

काठमाडौं । बेल्जियमस्थित नेपाली राजदूतावासले नेदरलयाण्डमा यही सेप्टेम्बर २ तारिख (भदौ १७ गते) आयोजित पाँचौ ‘एम्बेसी फेष्टिबल –२०१७’ मा सहभागीता जनाएको छ । सो मेलाको नेदरल्याण्डको ‘दि लाइफ वान लाइभ बिभि’ संस्था र स्थानीय एक नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेका थिए ।

मेलामा नेपालले तीन शीर्षक राजदूतावास पेभिलेन, अन्तर्राष्ट्रिय बजार र सिर्जनात्मक रंगमञ्च प्रस्तुत गरिएको ब्रसेलस्थित नेपाली राजदूतावासले जनाएको छ । त्यहाँ नेपाली परम्परा झल्कने हस्तकलाका सामग्री, विभिन्न नेपाली खानाका परिकार, खाद्य सामग्रीसमेत प्रदर्शनी गरिएको थियो ।

नेपालको निर्यातजन्य जस्तु चिया, कफी र कार्पेट पनि मेलामा प्रदर्शनी गरिएको थियो । नेपाली प्रदर्शनी कक्षबाट नेपालको पर्यटन प्रवद्र्धन गर्ने सामग्री व्यानर र प्लेकार्ड वितरण गरिएको थियो ।

स्थानीय नेपाली व्यवसायीले छ वटा व्यावसायिक स्टलमा नेपाली परम्परागत खानाका परिकार प्रदर्शनी गरिएको थियो । मेलाकै अवसरमा नेपाली र नेदरल्याण्डका कलाकारले मनोरञ्जनात्मक गीत संगीत प्रस्तुत गरेका थिए ।

विभिन्न ५१ मुलुकका व्यवसायी प्रतिनिधिको सहभागीता रहेको मेलामा सम्बन्धित देशका कला, संस्कृति र परम्परागत खानाका परिकारको ज्ञान र स्वाद लिने अवसर मिलेको आयोजकले जनाएको छ ।