१३ बैशाख २०८१, बिहीबार
Follow Us

फिलिपिन्सको आतंकविरुद्ध गोर्खा सैनिक भिड्ने !

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार ०४:२७

काठमाडौं । अबु सैयफललगायतका आतंककारी संगठनले मात्र दुख दिइरहेको छैन्, लागूऔषध तस्कर र माफियाले समेत फिलिपिन्सलाई आक्रान्त बनाएको छ । राष्ट्रपति रोड्रिगो डुटर्टेले यस्ता हिंसात्मक बिद्रोह र तस्करलाई नियन्त्रणमा लिन गोर्खा सैनिक ल्याउने घोषणा गरेका छन् । केही साताअघि फिलिपिन्सको डेभाओ सहरमा अबु सैयफले आक्रमण गरेपछि राष्ट्रपति रोड्रिगोले यस्तो घोषणा गरेका हुन् ।
फिलिपिन्स सरकार लागूऔषध तस्करी विरुद्ध कडा रुपमा प्रस्तुत भइरहेको छ । यो कडाईका कारण तस्करीबाट पैसा कमाउन पल्केका विद्रोही आक्रोसित भएर हिंसामा उत्रिरहेको बताइएको छ । अवुलगायतका विद्रोहीका हिंसात्मक क्रियाकलापले फिलिपिन्सको आर्थिक अवस्था थिलथिलो बनाएको छ । राष्ट्रपतिले यो चिन्ता हटाउन गोर्खा सैनिकलाई रोजेको बताइएको छ ।
‘म गोर्खा सैनिक नै ल्याउँछु, रोड्रिगोले राष्ट्रिय सुरक्षा परिषदमै घोषणा गरेको समाचार बीबीसीले प्रशारण गरे छ । यसको पुष्टि त्यहाँका कृषि सचिवले गरिसकेका छन् । यतिबेला फिलिपिन्समा गोर्खा सैनिक आउने भो भन्ने चर्चा व्यापक बनाएको समाचारमा उल्लेख छ ।