१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन तान्जानियाको अधिवेशन सम्पन्न, थापा अध्यक्ष पदमा निर्वाचित

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार ०९:३४

तान्जानियाको दारएससलाममा सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदको चौथो राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

अधिवेशनले अध्यक्षमा रोशन थापालाई छनोट गरेको छ भने उपाध्यक्षमा प्रेम गुरुङ र विनोद पटेल चयन भएका छन् । महसचिवमा भने पुष्पराज भट्टराईको पल्लाभारी भएको छ ।

अन्तर्राष्ट्रिय समिति सदस्यमा संजीत थापा तथा महिला संयोजकमा अन्जली तामाङ चुनिएका छन् । युवा संयोजकको जिम्मेवारी दीपक लामिछानेले पाएका छन् ।

११ सदस्यीय नयाँ कार्य समितिको समयावधि २ वर्षको हुनेछ ।

शिव प्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनमा तान्जानियाका बिभिन्न शहरहरुमा रहेका नेपालीहरु उपस्थित थिए ।

गैर–आवसिय नेपाली संघ तान्जानियाको स्थापना सन् २०१३ मा भरत रिजालको नेतृत्वमा भएको थियो । तान्जानियामा लगभग १०० नेपाली कार्यरत रहेको तथ्यांक छ ।