१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनमा कसैको हारजीत हुँदैनः एनआरएन यूरोप संयोजक आचार्य

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार १०:३३

बेल्जियम । एनआरएनमा कसैको जीतहार हुँदैन, एनआरएन अभियान हो, यसमा सार हुन्छ, प्रत्येक दुई वर्षमा नेतृत्व परिवर्तन भइरहने गैरआवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्यले बताए । नवनिर्वाचित एनआरएन बेल्जियमको नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिने क्रममा आचार्यले उक्त कुरा बताएका हुन् ।

नेदरल्यान्ड, बेल्जियम र लक्जम्बर्गको अधिवेशन गराउन केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका यूरोप संयोजक आचार्यलाई हिजो सोमबार एनआरएन र जनसम्पर्क समिति लक्जम्वर्गले संयुक्त रुपमा सम्मानसमेत ग-यो । उक्त सम्मान कार्यक्रममा बाग्लुङबाट प्रतिनिधित्व गर्ने सांसद प्रकाश पौडेलको पनि उपस्थिति थियो ।

सम्मान कार्यक्रममा संयोजक आचार्यले एनआरएनको गतिविधि, नेपालमा लगानीको वातावरण, नागरिकताको निरन्तरता तथा एनआरएनले बोक्ने पासपोर्टका बारेमा बोलेका थिए । नागरिकताको निरन्तरता पाएपछि एनआरएनले बोक्ने पासपोर्ट कस्तो हुने भन्ने विषयमा राज्य गम्भीर हुनुपर्ने बताएका थिए । एनआरएको समस्या आफूले संसदमा उठाउने सांसद पौडेलले बताए ।

आउँदो वर्ष एनआरएन यूरोप सम्मेलन लक्जम्वर्गले आयोजना गर्दैछ । उक्त सम्मेलन सफल बनाउनका लागि एनआरएन नवनिर्वाचित पदाधिकारीसँग छलफल भएको संयोजक आचार्यले जानकारी दिए ।

नेदरल्यान्ड, बेल्जियम र लक्जम्वर्ग एनआरएको अधिवेशन गराएर संयोजक आचार्य लन्डन फर्किसकेका छन् । एनआरएन नेदरल्यान्डको अध्यक्षमा ठाकुरप्रसाद शर्मा निर्वाचित भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा विष्णु वास्तोला, उपाध्यक्षद्वयमा भीम रोका र पारस राई, महासचिवमा जितेन्द्र श्रेष्ठ, सचिवमा शान्ति घले, कोषाध्यक्षमा भीम पूर्जा, सहकोषाध्यक्षमा द्रोर्ण रिजाल, युवा संयोजक विवेक गौतम, महिला संयोजकमा अर्चना पाण्डे निर्वाचित भए । यसैगरी आइसीसी सदस्यमा हिमाल गुरुङ निर्वाचित भए ।

यस्तै बेल्जियम एनआरएनको अध्यक्षमा लोक दाहाल निर्वाचित भएका छन् । आईसीसी सदस्यमा सरु चापागाईं र पदम गुरुङ निर्वाचित भए । समितिको वरिष्ठ उपाध्यक्षमा कमल पन्थी, उपाध्यक्षमा योगिता थापा र खड्ग केसी, महासचिवमा आङमाया लामा, सचिवमा जीवन शर्मा र प्रेम तिमल्सिना, महिला सचिवमा मुना ताम्राकार, कोषाध्यक्षमा रोशन गुरुङ, युवा संयोजकमा रविन पण्डित, महिला संयोजकमा हरी भट्टराई विजयी भए ।
सेप्टेम्बर १५ सम्म एनआरएन एनसीसीको अधिवेशन सम्पन्न गर्नुपर्ने आईसीसीको निर्देशनअनुसार यूरोपका पोर्चुगल, साइप्रस, जर्मनी, बेलायत, चेक रिपब्लिक र बेलारुसलगायतका केही देशमा अधिवेशन हुन बाँकी छ ।

2