७ बैशाख २०८१, शुक्रबार
Follow Us

उम्मेदवारी मनोनयनका लागि सम्पूर्ण तयारी पूरा

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार १४:५५

काठमाडौं । निर्वाचन आयोगले दुई नम्बर प्रदेशको स्थानीय तह चुनाव अन्तर्गत बुधबार हुने उम्मेदवारी मनोनयनका लागि सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलन गरी उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागीता जनाउन दलहरुलाई आब्हान समेत गरेको छ ।

पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनका क्रममा आचार संहिताको पालना गर्न उम्मेदवारलाई आग्रह गर्दै उलंघन गरे उम्मेदवारी नै खारेज हुने चेतावनी दिए । प्रमुख आयुक्त यादवले दुई नम्बर प्रदेशमा सबै दलको सहभागितामा निर्वाचन हुन लागेकाले आयोग हर्षित भएको पनि बताए ।

आगामी असोज २ गते हुने प्रदेश नम्बर दुईका आठ जिल्ला बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, सप्तरी, महोत्तरी र धनुषाका १ सय ३६ स्थानीय तहमा बुधबार उम्मेदबारी मनोनयन दर्ता हुँदैछ ।

दुई नम्बर प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । निर्वाचनबाट ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चयन हुनेछन् । निर्वाचनका लागि आयोगले सुरक्षाकर्मीबाहेक ३१ हजार ५ सय कर्मचारी परिचालन गरेको छ ।