१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार राईको उपचारका लागि आर्थिक सहयोग

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार १५:००

काठमाडौं । सूर्यकुमार क्षेत्री दोस्रो अन्तरमिडिया कप फुटसल प्रतियोगिताबाट संकलित रकम पत्रकार सञ्जयसन्तोषी राईको परिवारलाई प्रदान गरिएको छ ।
मुटुको रोगबाट पीडित धनकुटाका पत्रकार राईको उपचारका लागि प्रतियोगिताबाट संकलन गरिएको रु एक लाख र थप २५ हजार गरी कुल रु एक लाख २५ हजार रकम आज उहाँका परिवारलाई प्रदान गरिएको हो ।
फुटसल प्रतियोगिताका संयोजक एवं नेपाल पत्रकार महासंङ्घका उपाध्यक्ष दिलीप थापामगरले शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र काठमाडौँ पुगी उपचार गराइरहेका राईको परिवारलाई उक्त रकम प्रदान गर्नुभएको हो ।
सो अवसरमा उहाँले हरेक वर्ष फुटसल प्रतियोगिताबाट संकलन भएको रकम आपत्मा परेका पत्रकारलाई सहयोग गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गर्नुभएका राई नेपाल पत्रकार महासंङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्यसमेत भईसक्नुभएको छ । राईको सोमबार नै केन्द्रमा ओपन हार्ट सर्जरी भएको जनाएको छ ।