७ बैशाख २०८१, शुक्रबार
Follow Us

मालपोत कार्यालयका कर्मचारीले घुस मागेपछि…

नेपालब्रिटेन डट कम्
२० भाद्र २०७४, मंगलवार १५:०२

पर्सा । जिल्ला मालपोत कार्यालय पर्सामा कर्मचारीले सेवाग्राहीसँग घुस माग्ने र समयमा काममा नआउने गरेका कारण विवाद हुने गरेको छ । मंगलबारपनि मालपोल कार्यालयमा अतिरिक्त रकम माग गरेको र कर्मचारी समयमा नभएको भन्दै सेवाग्राही र कर्मचारीबीच विवाद भएको छ ।

कर्मचारी र सेवाग्राहीको विवादले केही घन्टा कार्यालयको काम समेत प्रभावित भएको छ । जिल्ला अदालत पर्साबाट जग्गा नामसारीको लागि जारी गरिएको सूचनालाई मालपोत कार्यालय पर्सामा दर्ता गराउन जाँदा एक सय पचास रुपैया कर्मचारीले सेवाग्राहीसँग रकम मागेपछि विवाद भएको सेवाग्राहीले बताएका छन् ।

कार्यालयका कर्मचारीले एउटै कामका लागि बारम्बार आउन बाध्य पार्ने, घुस नदिए कामै नगर्ने गरेको गुनासो समेत सेवाग्राहीको छ । जिल्ला मालपोत कार्यालय पर्साका अधिकृत हरिनारायण मिश्रले भने सेवाग्राहीलाई दुःख दिएको विषयमा आफुलाई कुनै जानकारी नभएको बताए ।