८ बैशाख २०८१, शनिबार
Follow Us

परराष्ट्रमन्त्री कृष्णबहादुर महरा चीन प्रस्थान

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७४, बुधबार ०८:१०

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा ६ दिने भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन् । चीनमा रहँदा उनले उच्च राजनीतिक भेटघाट गर्नेछन् । महराले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।
तर भ्रमणमा कुनै सम्झौता वा समझदारीमा भने हस्ताक्षर नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बेइजिङपछि महरा चीनको ब्यापारिक शहर ग्वाङ्जाओ जाने र त्यहाँ नेपालको महाबाणिज्यदूतावास कार्यालयको उ्दघाटन गर्ने कार्यक्रम छ ।