१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सिरहामा कांग्रेसकै दुई पक्षबीच झडप, २ जना गम्भीर घाइते

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७४, बुधबार ०९:१२

काठमाडौं । टिकट वितरणका विषयमा भएको विवादले उग्र रुप लिँदा सिरहामा कांग्रेसका दुई पक्षबीच झडप भएको छ । सिरहा नगरपालिका वडा नम्बर २ र १५ को वडा अध्यक्ष र सदस्यको टिकट वितरणलाई लिएर भएको विवाद झडपमा परिणत हुँदा २ जना घाइते भएका छन् । कांग्रेसको जिल्ला पार्टी कार्यालय सिरहामा भएको झडपमा परेर रामबाबु यादव र सञ्जयप्रकाश यादव घाइते भएका छन् । कांग्रेसकी केन्द्रीय कोषाध्यक्ष सीतादेवी यादव र जिल्ला सभापति रामचन्द्र यादव पक्षधरबीच झडप भएको हो । दुवैको सिरहा अस्पतालमा उपचार भइरहेको छ । सिरहा नगरपालिका प्रमुखमा नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवका छोरा डा. शुभाषचन्द्र यादवले उम्मेदवारी दिएका छन् । दुवै पक्षले मिलेर टिकट वितरण गर्ने भने पनि एकपक्षीय रुपमा टिकट वितरण गरिएको भन्दै अर्को पक्ष आक्रोशित बनेको हो ।