११ बैशाख २०८१, मंगलवार
Follow Us

उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य उत्साहपूर्णः आयोग

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७४, बुधबार १४:४५

काठमाडौं । तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि आज मनोनयन दर्ता गरिएको छ । असोज दुई गते निर्वाचन हुने दुई नम्बर प्रदेशका १ सय ३६ वटै स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्य उत्साहपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ ।

तेस्रो चरणमा एक महानगरपालिका, तीन उप–महानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकासहित १ सय ३६ स्थानीय तहमा निर्वाचन हुँदैछ । निर्वाचनबाट छ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुने आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार दुई हजार १ सय ६६ मतदान स्थलमा तीन हजार ५ सय ७८ मतदान केन्द्र कायम गरिएको छ । ती केन्द्रमा ३१ हजार पाँच सय जना कर्मचारी खटाइएका छन् । निर्वाचनका लागि मतपत्र, मतदाता परिचयपत्र तथा अन्य सामग्री मतदान केन्द्रमा पुगिसकेको पनि आयोगले जानकारी दिएको छ ।