११ बैशाख २०८१, मंगलवार
Follow Us

सिराहमा झडप र वीरगन्जमा प्रचण्डको पुत्ला किन दहन भयो ?

नेपालब्रिटेन डट कम्
२१ भाद्र २०७४, बुधबार १६:०३

काठमाडौं । सिरहामा स्थानीय तहमा कांग्रेसका उम्मेदवार चयनको बिषयलाई लिएर भएको झडपमा आठ जना घाइते भएका छन् । सिरहा नगरपालिकामा उम्मेदबार चयनमा असन्तुष्ट कार्यकर्ताबीच कांग्रेसको जिल्ला पार्टी कार्यालयमा झडप भएको हो । सिरहा नगरपालिकाको प्रमुखमा कांग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरा सुभाष यादवलाई उम्मेदबार बनाइएकोमा असन्तुष्ट पक्षले प्रदर्शन गरेका हुन । सो क्रममा टिकट पाउने र असन्तुष्ट पक्षका बीचमा झडप भएको हो । पूर्व कोषाध्यक्ष चित्रलेखा यादव पक्षका प्रत्यासी उपेन्द्र यादव निकटले असन्तुष्टि जनाएका हुन । उनीहरुले उम्मेदबार चयनमा कार्यकर्ताको चाहना भन्दा नेताको पहुँचलाई आधार बनाएको भन्दै नेतृत्वको आलोचना समेत गरेका छन् ।
यता, पर्साको विरगञ्ज महानगरपालिकामा पार्टी नेतृत्वले पैसा दिनेलाई स्थानीय तहको उम्मेदबार बनाएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । उनिहरुले केही वडाका उम्मेदबार पैसाको चलखेलमा चयन भएको भन्दै पार्टीको झण्डा समेत जलाएर विरगञ्जको घन्टाघरमा प्रदर्शन गरेका हुन् । आक्रोशित माओवादी कार्यकर्ताले पार्टी अध्यक्ष पुष्पकमल दाहालको पुत्ला समेत जलाए ।