१५ चैत्र २०८०, बिहीबार
Follow Us

थाहा पाउनुहोस् बडा दशैँको शुभ साइत

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७४, बिहीबार ०७:५२

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ५५ मिनेटमा रहेको जनाएको छ । समितिले दशमीको दिन बिहान ८ बजे देवी विसर्जन गरेर ११ बजेर ५५ मिनेटमा देवीको प्रसाद स्वरुप टिका ग्रहण गर्न सकिने जनाएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको साइत सार्वजनिक गर्दै असोज ५ गते बिहीबार बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको जनाइएको छ । त्यसैगरि असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइने र फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिने समितिले जनाएको छ ।

विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको र ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको समे पञ्चांग निर्णायक समितिले जनाएको छ ।