१३ बैशाख २०८१, बिहीबार
Follow Us

कतारको कूटनीतिक संकट समाधानमा वार्ता हुने

नेपालब्रिटेन डट कम्
२२ भाद्र २०७४, बिहीबार ११:२२

वासिङ्टन । साउदी अरेबियाका नरेश सल्मान अमेरिकाको ओपचारिक भ्रमणमा जानुहुने भएको समाचार छ । सो कुराको जानकारी अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको छ । साउदी अरेबियाका नरेश सल्मान आगामी बर्ष सन् २०१८ को सुरुमै अमेरिकाको औपचारिक भ्रमणमा आउन लाग्नुभएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले बिहीबार जानकारी दिएको समाचारमा जनाइएको छ ।
उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्ताका लागि अमेरिका जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
राष्ट्रपति ट्रम्प र साउदी नरेश सल्मानबीच फोनमा वार्ता भएको थियो । त्यस वार्ताका क्रमम आगामी सो भेटमा द्विपक्षीय हितको प्रवर्धनका लागि के कसरी रणनीति बनाएर अघि बढ्ने भन्ने बारेमा कुराकानी भएको थियो ।
उहाँहरुबीच मध्यपूर्वमा सुरक्षा र सम्बृद्धिको बारेमा के कसरी द्विपक्षीय रुपमा लाभान्वित हुने भन्ने बारेमा कुराकानी भएको ह्वाइट हाउसद्वरा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
सो विज्ञप्तिमा उल्लेख गरिएको छ– दुवै नेताहरु यस विषयमा सहमत हुनुभयो कि साउदी नरेश सल्मान आगामी सन् २०१८ को सुरुवातमा अमेरिका भ्रमणमा आउनुहुने भएको छ । संयुक्त राज्य अमेरिका हाल कतारसँगको कूटनीतिक संकट समाधानका लागि मार्ग खोजिरहेको जनाएको छ । कतारको उसका छिमेकी मध्यपूर्वी देशसँग पछिल्लो समयमा सम्बन्ध बिग्रिएको छ । त्यसको समाधान गर्न अमेरिकाले चासो देखाएको बताइएको छ । यस विषयमा उहाँहरुबीचको भेटमा वार्ता हुने जनाइएको छ ।