१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पाँच नगर प्रमुख कोरिया जाँर्दै

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७४, शुक्रबार ०७:२४

पोखरा । दक्षिण कोरियाको डेजन सिटीमा हुन गइरहेको एशिया प्यासिफिक सम्मेलनमा भाग लिन पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीसहित पाँच नगर प्रमुख त्यसतर्फ जानु हुने भएको छ ।
जिसीसहित काठमाडौँ, धरान, धुलिखेल र नवलपरासीका प्रमुख र अन्य गरी १० जना सम्मेलनमा जाने प्रमुख जिसीका प्रेस सहयोगी लक्ष्मण तिमिल्सिनाले जानकारी दिनुभयो । सम्मेलनमा करिब २० देशका सयभन्दा बढी प्रमुखबीच एक आपसमा छलफल तथा अन्तक्र्रिया हुनेछ । उहाँहरु भदौ २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।