७ बैशाख २०८१, शुक्रबार
Follow Us

१४ महिलाको यस्तो प्रतिस्पर्धा

नेपालब्रिटेन डट कम्
२३ भाद्र २०७४, शुक्रबार १३:१८

काठमाडौं । ‘मिसेस नेशनल आईकन–२०१७’ को ताज आफ्नो शिरमा पार्न यतिखेर १४ जना मिसेसहरु कडा स्पर्धा गरिरहेका छन् । ब्राइट इन्टरटेनमेन्ट प्रालिले पहिलोपटक आयोजना गर्न लागेको यस गृहिणी सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु केही सातायता क्याटवाकलगायत आत्मविबासबारे विभिन्न प्रशिक्षणरत छन् । आयोजक संस्थाका अध्यक्ष तथा गायक धनीराम राईका अनुसार प्रतियोगिताको अन्तिम स्पर्धा यही आउँदो १ असोजमा जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुँदैछ ।
प्रतियोगितामा अरुणा शेर्पा, जेनिफर बज्रचार्य, तुलसा आङ्देम्बे, केशु गुरुङ लामा, खेमुहाङ राई, प्रतिभा राई, सविता राई प्रयास, सविता पोखरेल, सानुमाया प्रजापति, शर्मिला तामाङ, शोभा श्रेष्ठ, स्मृति राई, सहिदा ओझा र सिता थापा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा शीर्ष विजेतालाई स्कुटर र क्रमश फस्ट, सेकेण्ड र थर्ड रनरअपलाई ताजसहित नगद पुरस्कार प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष धनीराम राईले बताएका छन् । उनका अनुसार यस प्रतियोगिता लगत्तै ब्राइट इन्टटेनमेन्टले ‘मिस नेशनल आईकन’ आयोजना गर्दैछ ।